एनआरएनए उपाध्यक्ष सुन्दरले जीवन रक्षबको माग सहितको स्टास हालेपछी नेपाल मगर संघ मलेसियाको ध्यानाकर्षण


क्वालालम्पुर ( मलेसिया ):गैर आवाशिय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष सुन्दर आले मगरले एनआरएनए मलेसियाको केहि पदाधिकारिहरुबाटै आफ्नो ज्यानको असुरक्षा भएको भनेर आफ्नो फेसबुकमा स्टाटस लेखेकोमा नेपाल मगर संघ मलेसियाले एक विज्ञप्ति मार्फत नेपाल राजदुतावास मलेसिया लगायत क्रियाशिल संघ संस्थाहरुलाई ध्यानकार्षण गराएको नेपाल मगर संघ मलेसिया अध्यक्ष पुस्मिता ठाडा मगरले वताउनुभएको छ।

सुन्दर आले मगरलाई सम्पर्क गर्दा सम्पर्क विहिन भएको र अहिलेसम्म सम्पर्कमा नआउनुमा कसैको नियोजित षडयन्त्र पनि हुन सक्ने , तत्काल उचित कदम नचाले अप्रिय घटना समेत हुन सक्ने भन्ने मगर संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

लगभग दुई दशकदेखी मलेसियालाई कर्मथलो बनाई ब्यवसाय संगै सामाजिक कार्यमा सक्रिय सहयोगी मनका धनी सुन्दर आले मगर नेपाल मगर संघ मलेसियाको संस्थापक महासचिव र पुर्व अध्यक्ष समेत हुन्।

हेर्नुहोस् नेपाल मगर संघ मलेसियाले जारी गरेको बिज्ञप्ति :

लगभग दुई दशक देखि मलेशियालाई कर्मथलो बनाई ब्याबसायि गरी बसी रहनुभएका नेपाल मगर संघ मलेसियाका संस्थापक महासचिव ,पुर्ब अध्यक्ष र बर्तमान वरिष्ठ सल्लाहकार साथै NRNA मलेसियाका पुर्व महासचिव हालका वरिष्ठ उपाध्यक्ष समाजसेवी श्री लाल बहादुर आले मगर ‘सुन्दर’ ज्युलाई NRNA मलेसिया कै केहि पदाधिकारीबाट आफ्नो ज्यानको असुरक्षा भएको भन्ने हिजोको फेसबुक स्टाटसले नेपाल मगर संघ मलेसियाको गम्भीर ध्यानाकर्षण भएको र तत्काल उहांलाई सम्पर्क गर्न खोज्दा हाल सम्म पनि सम्पर्क बिहिन हुनुभएको ले हामिलाई थप चिन्तित बनाएको छ । अहिलेको अवस्था आउनु मा कसैको नियोजित षडयन्त्र हुन सक्ने र तत्काल उचित कदम नचाले अप्रिय घटना हुन सक्ने हुदां उहाँको जिबन रक्षाको निम्ति यथासक्य छिटो उचित कदम चाल्न (नेपाली राजदुतावास मलेसिया ) त्यसैगरी मलेसियामा कृयासिल संघ संस्था लगायत बुद्धिजीवी / न्यायप्रेमी पत्रकार समक्ष नेपाल मगर संघ मलेशिया गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।
जय नेपाल! जय मगरात !

बोधार्थ !
1. नेपाल मगर संघ मलेशिया
2. नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङ
3. नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर
4.नेपाल मगर संघ क्षेत्रीय इकाइ समिति देसा चेम्बलाङ्ग

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईको उजुरीका आधारमा एक नेपाली मलेसियामा पक्राउ परेका छन् ।

गैरआवाशिय नेपाली संघ मलेशियाका पूर्व महासचिव समेत रहेका सुनिल चालिसेलाई मलेसियन प्रहरीले पक्राउ गरेको हो । त्यस्तै भट्टराईले वरिष्ठ उपाध्यक्ष सुन्दर आलेमगरविरुद्ध समेत उजुरी दिएपछि मलेसियन प्रहरीले उनलाई समेत खोजी गरिरहेको पाइएको छ ।

स्रोतका अनुसार भट्टराईले चालिसे र मगरविरुद्ध झूटो उजुरी र निवेदन दिएका थिए । सञ्चार माध्यमहरूमा एनआरएन मलेसियाका अध्यक्ष भट्टराईले गरेको गलत क्रियाकलापको समाचार सार्वजनिक भएपछि उनीहरूले नै समाचार दिएको आरोप लगाइएको पाइएको छ ।

यसअघि विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरू समेत चालिसे र मगरले नै दिएको भन्दै भट्टराईले झूटो आरोप लगाउँदै आएका थिए । यस संस्थासँग उनीहरू दुवैको कुनै समलग्नता छैन ।

‘यहाँ समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न गठन गरिएको संस्था हो एनआरएन । प्रहरीले पक्राउ गरेका नेपालीलाई समेत उद्दारको जिम्मा पाएको एनआरएन अध्यक्षले आफै उजुरी गरेर यहाँको नेपालीलाई पक्राउ गराउनु गम्भिर अपराध हो,’ एनआरएनका पूर्व उपाध्यक्ष समेत रहेका एक अधिकारीले भने, ‘हामीले मलेसियामा रहेको नेपाली दूतावाससँग गुहार माग्दा समेत सुनुवाई भएको छैन ।’

भट्टराईले यसअघि समेत मलेसियामा एक पत्रकारलाई उजुरी दिएर बिनाकारण पक्राउ गराएको उनको भनाई छ । उपाध्यक्ष सुन्दर आलेले आफूविरुद्ध अध्यक्ष भट्टराईले उजुरी दिएको सामाजिक सञ्जालमै लेखेका छन् ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:बैंकका कर्मचारीलाइ नरोक्न गृह मन्त्रालयको उपत्यकाका प्रमुख जिल्ला अधिकारीलाइ निर्देशन
उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले लकडाउनका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar