थप कोरोना ७४३ जना,कुल संक्रमितको संख्या ३२,६७८ जना पुग्यो भने मृतकको कुल सख्या १५७ जना पुग्यो।


काठमाण्डौ: बितेको २४ घण्टामा देशभर ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 
उनका अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र  होम आइसोलेसनमा ४५६१ जना रहेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा  १७५ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ।  
यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा सुनसरीका १, मोरङका १, पर्साका १, काठमाडौंका १, रुपन्देहीका ४ जना गरी  ८ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यससँगै मृतकको कुल संख्या १५७ पुगेको गौतमले जानकारी दिए । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:झुट्ठा मुद्दा तुरुन्त फिर्ता गरि पिडितसंग माफी माग्न नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगरको माग
एनआरएनए उपाध्यक्ष सुन्दरले जीवन रक्षबको माग सहितको स्टास हालेपछी नेपाल मगर संघ मलेसियाको ध्यानाकर्षण
बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:उपराष्ट्रपती पासाङले राष्ट्रिय झण्डा, प्रचण्डले पार्टीको झण्डा र नविनले मगरको झण्डाले गरे सम्मान(तस्विर सहित)
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar