आम्दानी अठन्नी खर्च रुपैयाँ भन्नेजस्तै बजेट : नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी


आम्दानी अठन्नी खर्च रुपैयाँ भन्नेजस्तै बजेट : नेपाली कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ।

शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट प्रचारमुखीमात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो।

‘सरकारकाले बजेट प्रचारमुखीमात्रै देखिन्छ। यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन। जनताको जीवनरक्षा गर्ने खालको छैन। हामी खर्चको कटौतीको प्रस्ताव गर्छौं’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने।

बजेटले कोरोनाका कारण प्रभावित हुने क्षेत्रका विषयमा संवेदनशिलता नदेखाएको उनले बताए।

उनले भने,‘कार्यान्वयन गर्न सक्ने अवस्था छैन। आम्दानी अठन्नी खर्च रुपैयाँ भन्ने उखानजस्तै बजेट छ। त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ। यतापट्टि सरकारको सजकता देखिँदैन। कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन। ६ अर्ब १ लाख मान्छेको पिसीआर परीक्षण गर्न मै सकिन्छ।’

पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले बजेटले सरकारको प्रचारमात्रै गरेको बताए। भाषण मीठो भए पनि कार्यान्वय क्षमता बजेटले नराख्ने उनले बताए।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बजेटमा अहिलेको प्राथमिकता समेटिन नसकेको बताए। अहिले नागरिकको जीवनरक्षा प्रमुख कुरा भए पनि सरकार त्यसमा गम्भीर नदेखिएको उनले बताए।

अर्का नेता मिनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालू खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पूरा भए पनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताए।

कांग्रेस संसदीय दलको बैठकमा सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको हो। छलफलमा पार्टीबाट अर्थमन्त्री बनेका नेताहरूको समेत सहभागिता रहेको थियो ।

यो पनि पढौ:बजेटको प्राथमिकता र सिद्धान्तले भरोसा जगाउन सकेन: गगन थापा
सांसदद्धारा लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा बनाउने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar