थप ३८ जना संक्रमित ,गण्डकी(तमुवान मगरात) प्रदेशमा संक्रमितको सख्या ११३ पुग्यो,

कोरोना भाइरस अपडेट

काठमाडौं – गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । 

आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बाग्लुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । 

प्रवक्ता शर्माका अनुसार संक्रमितहरुमा स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२,३८, ३१, २५,२७,४६,३७,२१, १८ र ३२ वर्षीय पुरुषहरु र भिरकोट नगरपालिकाका ४६ वर्षीय पुरुष रहेका छन् । 

त्यस्तै, बाग्लुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २१, २९ वर्षीय पुरुषहरु र १ जनाको उमेर नखुलेको बताइएको छ । यसैगरी, सोही जिल्लाको ढोरपाटन नगरपालिकाका २६ वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो । 

यता, गोरखा जिल्लाको पालुङटार नगरपालिकाका १७ वर्षीय पुरुष र गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

यसैगरी, नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

यो पनी पढौ:सांसद सुवाल भन्छन्- मन्त्री र प्रशासकहरुमा समाजवादउन्मुख विचार होइन, नेपाल संस्कृति मास्ने काम भइरहेको छ।
नेपालमा कोरोनाभाइरस थप संक्रमित ३२३जना संक्रमितको संख्या ३३१५ जना पुग्यो
कपिलवस्तुमा ४८ थप संक्रमित, संक्रमितको संंख्या ५२३ पुग्यो
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar