चितवन: नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार कोभिड–१९ निमोनियाका कारण उनको निधन भएको हो । यो सगै मृत्यु हुनेको सख्या १५ जना पुगेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने/नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उनले जानकारी दिए ।
शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए ।
परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए ।
यो पनी पढौ:गण्डकी(तमुवान मगरात)प्रदेशमा थप २४ कोरोना पुष्टी,कुल संक्रमित सख्या १४४ जना पुग्यो
कृषि आधुनिकीकरणमा अब छुद्र राजनीतिकरण हुन्न ,अब जसले गर्छ त्यसले मात्रै सरकारको अनुदान पाउँछ।’ मन्त्री भुसाल
अर्को वर्षदेखि मेलम्ची खानेपानीबारे प्रश्न उठाउन पाउनुहुने छैन: खानेपानी मन्त्री विना मगर
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।