उमेरले ५६ बर्षलागे अभिनेता राजेश हमाल


काठमाडौं । अभिनेता राजेश हमाल ५६ वर्ष पुगेका छन् । सन् १९६४ जुन ९ मा पाल्पाको तानसेनमा जन्मिएका हमालको आज परेको जन्मदिन दिनको उपलक्षयमा उनलाई विभिन्न माध्यमबाट शुभकामना आइरहेको छ । स्व.दीपक रायमाझी निर्देशित ‘युगदेखि युगसम्म’ फिल्मबाट अभिनय करियर सुरु गरेका हमाल नेपाली फिल्म क्षेत्रका सफल अभिनेतामा पर्दछन्।

बसन्ती, देउता, अल्लारे, धर्मा, हामी तीनभाई, गोरेटो, दुलहीलगायत करिव तीन सय फिल्ममा राजेशले अभिनय गरेका छन् । सन् २०१४ मा मधु भट्टराइसँग प्रेम विवाह गरेका हमाल पछिल्लो समय फिल्म अभिनय भन्दा बढी समाजसेवा, म्युजिक भिडिया र स्टेज कार्यक्रममा देखिने गर्दछन् ।

केही पहिले चलचित्र विकाश बोर्डको अध्यक्ष दौडमा उनको नाम पनि अगाडि आएको थियो । तर बोर्ड अध्यक्षको आवेदन भने उनले भरेनन्। 

यो पनी पढौ:चितवन भरतपुर अस्पतालमा थप १ जना कोरोनावाट मृत्यु, मृत्युहुनेको संख्या १५ पुग्यो।
गण्डकी(तमुवान मगरात)प्रदेशमा थप २४ कोरोना पुष्टी,कुल संक्रमित सख्या १४४ जना पुग्यो
कृषि आधुनिकीकरणमा अब छुद्र राजनीतिकरण हुन्न ,अब जसले गर्छ त्यसले मात्रै सरकारको अनुदान पाउँछ।’ मन्त्री भुसाल
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar