रौतहटमा कोरोना थप १३५ जना, कुल संक्रमितको संख्या ४८६ पुग्यो

कोरोना भाइरस अपडेट

रौतहट । रौतहट जिल्लाको एउटै स्थानीयतहमा १३५ जनामा व्यक्तिमा कोरोना भाइरस संक्रमित भएको पुुष्टि भएको छ । कोरोना भाईरस संक्रमितको संख्याका हिसाबले रौतहट जिल्ला प्रदेश २ को सबैभन्दा धेरै संक्रमित भेटिनेमा पर्छ ।
बुधवारमात्रै बिभिन्न अस्पतालबाट आएको रिपोर्ट अनुसार रौतहटमा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

यसका साथैरौतहटको दक्षिणीभेगको ईशनाथ नगरपालिकामाजिल्लाको १८ वटा स्थानीय तहमध्ये धेरै संक्रमित भेटिनेमा पर्छ ।ईशनाथ नगरपालिकामा बुधवारसम्म एकसय ३५ जनामा कोरोना भाईरस पुुष्टि भएको नगर स्वास्थ संयोजक ईसराजुल खानले जानकारी दिए ।

बुधवारको रिपोर्ट अनुसार ईशनाथमा १४, जुुद्ध मावि गौरमा १७जना,राजपुरमा १४,देवाही गोनाही टिकुलियामा ६ र कटहरिया नगरपालिका मावि भसेढवामा २ गरी कुुल ५३ जनामा कोरोना पुुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

योसहित रौतहटमा कोरोना भाईरस संक्रमितको कुल संख्या ४सय ८६ पुुगेको छ ।

यो संख्यामा रौतहट घरभई बारामा कार्यरत एकजना स्वास्थकर्मी र एकजना संक्रमित सुुरक्षाकर्मी समेत जोडिएको छ । रौतहटमा बुुधवारसम्म २१  जना कारोना जितेर घर फर्किसकेका छन् ।

यो पनी पढौ:नेपालमा थप कोरोना २७९ जना, कुल संक्रमितको संख्या ४,३६४ जना पुग्यो। (तथ्यांकसहित)
कोरोना भाइरसवाट उत्पन्न परिस्थितीको चुनौती सामाना गर्न सुरक्षा निकायको भुमिका अग्रपङ्तिमा:माननिय गृहमन्त्री राम वहादुर थापामगर ‘बादल’
कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइप्रती प्रतिवद्धतासहित चिन द्धारा स्वेतपत्र जारी
तपाइ मगरात नेपाल डटकममा फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar