नेपालमा थप कोरोना २७९ जना, कुल संक्रमितको संख्या ४,३६४ जना पुग्यो। (तथ्यांकसहित)

कोरोना भाइरस अपडेट

काठमाडौं । नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ र उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवलपरासी पश्चिमका ५ जनामा पोजेटिभ देखिएको उनले बताए । यस्तै पाल्पामा १२, प्युठानका ६ रुपन्देहीका ७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ३ र बर्दियाका १ जनामा पोजेटिभ देखिएको छ भने सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९ जनामा पोजेटिभ देखिएको छ । उता सेती अस्पतालमा भएको परीक्षणमा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १ जना र धुलिखेल अस्पतालमा भएको परीक्षणमा सर्लाहीका १० र कपिलवस्तुको १९ जनामा पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ९० जनासहित आजसम्म ६ सय ७४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

बुधबारसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभर १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा ३ हजार ६ सय ७५ जना रहेका छन् । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।

यो पनी पढौ:मगर भाषीक रचना वाचन प्रतियोगिताको उपाधि नवलपरासी र ओखलढुंगाको कब्जामा
मन्त्रिपरिषद्को बैठक दिउसो २वजे वस्दै लकडाउनवारेमा निर्णय हुदै
कोरोना भाइरसवाट उत्पन्न परिस्थितीको चुनौती सामाना गर्न सुरक्षा निकायको भुमिका अग्रपङ्तिमा:माननिय गृहमन्त्री राम वहादुर थापामगर ‘बादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar