प्रचण्ड,झलनाथ र वामदेवले प्रधानमन्त्री ओलीसंँग मागे जवाफ -भारतले हटाउन खोजेको भन्ने कुरो के हो?


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बालुवाटारमा जारी स्थायी समिति बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले धारणा राखेका छन्।

बैठकमा सहभागी एक स्थायी समिति सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार तीनै जनाले पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन भारतले प्रयास गरिरहेको भन्दै दिएको अभिव्यक्तिबारे गम्भीर विषयमा छलफल हुनु पर्ने बताएका छन्।

‘प्रधानमन्त्रीले भनेको कुरा चानचुने होइन, यसमा गम्भीर रूपमा छलफल हुनुपर्छ। प्रधानमन्त्रीले जानकारी दिनुपर्छ भन्नुभयो,’ ती स्थायी समिति सदस्यले भने,‘बैठक तपाईंहरूले बाहिर सोचेभन्दा निकै गम्भीर तरिकाले अघि बढिरहेको छ।’

अहिले भने बैठकमा खाजा ब्रेक भएको छ।

आजको बैठकमा प्रधानमन्त्री ओली सुरूदेखि नै सहभागी थिए।गत आइतबार बालुवाटारमै भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए। राष्ट्रियताका पक्षमा उभिएकै कारण आफूलाई हटाउन नयाँदिल्ली र काठमाडौंका होटलहरूमा गतिविधि भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनले यस्तो कुराको पछि पार्टीका सांसदहरू नलाग्ने विश्वास पनि व्यक्त गरेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि नेकपाभित्र तरंग आएको थियो। नेताहरूले प्रधानमन्त्रीको राजीनामाको विषयलाई प्रधानमन्त्री आफैंले स्थायी समिति बैठकको एजेन्डा बनाएको बताएका थिए।  
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रदर्शनमा जसपमा महन्थ ठाकुर,उपेन्द्र यादव र बाबुराम भट्टराइ लगायत नेताहरु उपस्थित
भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्‍यो: नेकपा कार्यकारी अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar