ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्छ: गृहमन्त्री रामबहादुर थापा मगर’वादल’

माननिय गृहमन्त्री रामवहादुर थापा मगर’वादल’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बुधवार साँझ नेकपा स्थायी समितिका बहुसंख्यक सदस्यहरुको ललितपुरको झम्सिखेलमा आयोजित भेलामा उनले यस्तो बताएका हुन् ।

असार १० गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकमा पछिल्ला दिनहरुमा प्रधानमन्त्री ओलीले आफ्नै दलका नेताहरुलाई भारतको दलालका रुपमा चित्रण गरे पछि उनीसँग नेताहरु रुष्ट भएका हुन् । ओली पक्षधरको आरोप लागिरहेको सन्दर्भमा नेता बादलको यो अभिव्यक्तिले उनलाई ओली विराेधी कित्तामा पुर्यादिएको छ । झम्सीखेल बैठकमा पहिलो पटक गृहमन्त्री थापा पनि प्रम ओली विरूद्ध भेलामा सहभागी भएका हुन्।

आफ्नो विचार राख्दै गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीले पार्टी र सरकारको तर्फबाट सही नेतृत्व दिन नसकेकाले तत्काल उनको विकल्प खोज्नुपर्ने बताएका एक स्थायी कमिटी सदस्यले नागरिकखबरलाई जानकारी दिए । पछिल्लो समय प्रधानमन्त्री ओली निकट भनेर चिनिएका बादल झम्सीखेल बैठकमा गएपछि सचिवालयमा ओलीसँग दुईजना मात्र सदस्य भएका छन् ।

३१ जना स्थायी समिति सदस्यहरुको प्रम ओली विरुद्ध आगामि रणनीतिका बारेमा आयोजित उक्त भेलामा सचिवालयका सदस्यहरुले ओलीले पार्टी दर्ताका लागि पठाएका प्रमाणका विषयमा पनि छलफल भएको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेकपा स्थायी समितीका १७ जनालद मागे प्रधानमन्त्रीको राजिनामा बचाउ गर्न कोही बोलेनन्
प्रचण्ड,झलनाथ र वामदेवले प्रधानमन्त्री ओलीसंँग मागे जवाफ -भारतले हटाउन खोजेको भन्ने कुरो के हो?
भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्‍यो: नेकपा कार्यकारी अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar