थप कोरोना ७० जना,कुल संक्रमितको संख्या १६,७१९ जना पुग्यो, थप मृत्यु ३ जना, मृत्युको संख्या३८ जना पुग्यो

कोरोना भाइरस अपडेट

काठमाण्डौ: २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा तीन हजार छ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।कोरोना संक्रमित संख्या १६ हजार सात सय १९ पुगेको छ।

उनका अनुसार क्वारेन्टिनमा २४ हजार ९७ जना छन्। आठ हजार २ सय ३९ आइसोलेसनमा रहेको गौतमले जानकारी दिए। शनिबार चार सय ३१ जना कोरोना निको भएर घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या आठ हजार चार सय ४२ पुगेको उनले जानकारी दिए।कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौं शंखमुलका ६० वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उनी फोक्सो र मिर्गौलाका बिरामी थिए। असार १६ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकोमा असार १७ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। 

सिन्धुपाल्चोक पाँचपोखरी वडा नम्बर ६ का ४५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका ती पुरूषमा असार २२ गते कोरोना पोजेटिभ देखिएको थियो। उनको असार २५ गते मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए।

यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ घर भएका ५४ वर्षीय एक पुरूषको पनि असार २५ गते मृत्यु भएको हो।

उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मिर्गौला रोगबाट पीडित थिए। उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो।कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्राकृतिक प्रकोप वाढी पहिरोले दुर्घटना भएको आ- आफ्नो भूगोलमा पिडितहरुलाई सकेको सहयोग गर्न र उद्धारमा सहभागी भएर मानवीय योग्दान दिन विशेष अपिल: अध्यक्ष नविन रोका मगर
नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’
नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar