थप कोरोना ५७ जना,डिस्चार्ज १०३ जना,कुल संक्रमित १७,५०२ जना

कोरोना भाइरस अपडेट

आज बितेको २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । 

उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ । यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए ।

गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट  ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ । 

हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:राष्ट्रिय मौलिक संरक्षण कौरा संरक्षण पत्रकारिता पुरस्कार तनहुका पत्रकार प्रताप राना मगरलाइ प्रदान
थप कोरोना १०१ जना, कुल संक्रमितको संख्या १७, ४४५ जना पुग्यो भने मृत्यु ४० जना पुग्यो
भारतले वनाएको वाँधका कारणले नेपालको तराइ क्षेत्र डुवानमा परेको एक हस्तक्षेप हो’ गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar