उपराष्ट्रपती पुनले दिए बकर इदको शुभकामना! राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, कोरोना भाइरस, प्राकृतिक प्रकोपविरुद्ध लड्न,एकताबद्ध हुन प्रेरित गर्ने विश्वास


काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुन मगर ‘पासाङ’ले मुस्लिम समुदायको महान् चाड बकर इदको अवसरमा शुभकामना दिएका छन्। उपराष्ट्रपति पुनले प्रतिकुल परिस्थितिमा आइपुगेको बकर इद इस्लाम धर्मावलम्वीहरुले घरमै बसेर मनाउने विश्वास लिएको जनाउँदै शुभकामना दिएका हुन् ।

भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने बकर इदले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने र कोरोना भाइरस, प्राकृतिक प्रकोपविरुद्ध लड्न सबै नेपालीलाई एकताबद्ध हुन प्रेरित गर्ने उपराष्ट्रपति पुनले विश्वास व्यक्त गरेका छन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक हो ।’ उपराष्ट्रपति पुन सन्देशमा भनिएको छ, ‘विभिन्न समुदायका चाडवाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको छ ।’
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघको अध्यक्ष नबीन रोकामगरले गरेको मगरात संयुक्त संघर्ष समितिकाे नेतृत्व समाजवादी मगर संघलाई हस्तान्तरण
भ्रम नछरियोस्,मैले अध्यक्ष कमरेड ‘प्रचण्ड’को आलोचना गरेको छैन, त्यो दूराशययुक्त समाचार हो।’ भिम रावल
स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न,प्रधानमन्त्री ओलीले वैठक विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar