विहिवार थप कोरोना ५२५ जना,२४,९५७ जना पुग्यो भने मृत्यु हुनेको संख्या ९५ जना पुग्यो।


काठमाण्डौ: बिहीबार मुलुकभर कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ५ सय २५ संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ। मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन्।

विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ८ सय ३७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

विगत २४ घण्टामा ९ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ८३ हजारकाे पिसिआर परीक्षण भएकाे छ।विगत २४ घण्टामा ४ मृतकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए। 

मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा, महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा, धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ। 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:गृह मन्त्रालयको कडा निर्देशन: मातहतको निकायलाइ जोर विजोर प्रणाली र माक्स लगाउने कार्यलाइ कडा गर
३०% मगर युवाहरुले लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशन जाडरक्सी छाेडिसके:नेपाल मगर संघ तथा अन्तर्राष्ट्रिय मगर महासंघ :अध्यक्ष नविन रोका मगर
थप राम्रो काम गर्न मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन मगर ‘अनन्त’ कडा निर्देशन



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar