विद्युतीय सामग्री प्रयोग गर्न उत्प्रेरित गर्न विद्युतीय सवारीमा लगाएको नयाँ करका दर हेरफेर हुने:ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन मगर ‘अनन्त’


काठमाण्डौ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन मगर ‘अनन्त’ ले विद्युतीय सवारीमा लगाइएको करका दर पुनरावलोकन हुने बताएका छन्।

नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै पुनले विद्युतीय सवारीमा लगाइएको नयाँ करका दर हेरफेर हुने बताएका हुन्।सरकारले चालु वर्षको आर्थिक ऐनबाट विद्युतीय सवारीमा भन्सार दस्तुर १० बाट ४० र पहिलोपटक अन्तशुल्क ८० प्रतिशतसम्म पुर्‍याएको थियो।

‘विद्युतीय साधनलाई कर बढी भएको बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन मगर ‘अनन्त’ ज्यूलाई पनि अनुभव भएको छ। यसबारेमा छिट्टै पुनरावलोकन हुन्छ’ उनले भने। 
सरकारले खपत बढाउनका लागि विद्युतीय सामग्री प्रयोग गर्न उत्प्रेरित गर्ने उनले जानकारी दिए।सरकारले कर बढाएपछि नेपालमा कुनै पनि विद्युतीय सवारी भित्रिन सकेका छैनन्। आइसकेका सवारी पनि भन्सारमै रोकिएर रहेका छन्।

आगामी वर्षदेखि नेपालमा उत्पादन हुने बिजुली खपत भएर बचत हुने उनको भनाइ छ। बिजुलीको खपत बढाउने र नयाँ बजार पनि खोजी गरिने उनले जानकारी दिए।यही नीति अन्तर्रगत सरकारले अन्य घरयासी सामग्रीदेखि सवारी साधनसम्म प्रबर्द्धन गरी सडकदेखि भान्सासम्म खनिज इन्धन विस्थापित गर्नेतिर जाने उनको भनाइ छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:लिदीमा पहिरोले ११ जनाको शवफेला पर्‍यो,राहत लिएर गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ घटना स्थलमा
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’
गृहमन्त्रालयको कडा निर्देशन पछी काठमाण्डौ आउन-जान प्रतिवन्ध
गृह मन्त्रालयको कडा निर्देशन: मातहतको निकायलाइ जोर विजोर प्रणाली र माक्स लगाउने कार्यलाइ कडा गर



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar