नेपाली जनताको दुःखमा सरकार साथै रहेको छ,माननिय गृहमन्त्री रावहादुर थापा मगर’वादल’


माननिय गृहमन्त्री रावहादुर थापा मगर’वादल’ले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरे ।

गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो ।

राहत वितरणपछि बोल्दै माननिय गृहमन्त्री रावहादुर थापा मगर’वादल’ले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताएका सासंद् पौडेलले जानकारी दिए । “जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उनले भने ।

माननिय गृहमन्त्री रावहादुर थापा मगर’वादल’ले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले रु. दुई लाखका दरले राहत प्रदान गर्ने बताएका छन् । यस्तै पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि रु। तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको सांसद् पौडेलले बताए । उनले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले बाढीले सडक, पुललगायत भौतिक संरचनामासमेत ठूलो क्षति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गरे ।

ढोरपाटन नगरपालिकालगायत अन्य सङ्घसंस्था, व्यक्तिले पनि खाद्यान्नलगायतका अत्यावश्यक सामग्री प्रदान गरेका छन् । बिहीबार राहत सामग्रीसहित गृहमन्त्री सवार नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण बीचबाटै फर्केको थियो । आज पुनः नेपाली सेनाकै हेलिकप्टरबाट गृहमन्त्रीसहितको टोली राहत लिएर ढोरपाटन पुगेको हो ।

बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धनजनको क्षति भएको छ । सबैभन्दा बढी वडा नं. ९ प्रभावित छ । बाढीमा बेपत्ता भएका १४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएका शवमध्ये चार जनाको मात्र सनाखत भएको छ । बाढीमा बेपत्ता भएकाको सङ्ख्या अझै यकिन छैन । खोजी र उद्धार कार्य जारी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीले बताए ।

माननिय गृहमन्त्री रावहादुर थापा मगर’वादल’ले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेको सम्वोधन

तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
राम जर्घा मगर भन्ने नर बहादुर जर्घा मगरद्वारा मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ मगरात प्रदेश ५ समितिमी गम्भिर ध्यानाकर्षण
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar