थप कोरोना संक्रमित १९८ जना,संक्रमितको सख्या १४०१ पुग्यो,निको हुने सख्या २१९ पुग्यो


काठमाडौं । विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा १८९ जना थपिएसँगै देशभर कोरोना भाइरसका संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये आज सबैभन्दा धेरै कपिलबस्तुका रहेका छन् । कपिलबस्तुमा आज १ सय ९ जनामा कोरोना भाइरसको स.क्रमण पाइएको छ ।
अन्य संक्रमितमा धनुषाका ७, झापाका १, ललितपुरका १, महोत्तरीका ४, सर्लाहीका १७, रौतहटका ४, सिरहाका ११, सप्तरीका ९, दाङका ५, बाराका १, पर्साका २, दैलेखका १४ र संखुवासभाका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।शनिबार थप १३ जना कोरोना निको भएर घर फर्किसँगै निको हुनेको संख्या २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढौ:रुकुमपश्चिम चौरजहारी घटनाका दोषीमाथी कारबाही हुन्छ: माननिय गृहमन्त्री रामबहादुर थापामगर

कपिलवस्तुमा आज थप ७७  संक्रमित, संक्रमितको संख्या २ सय ६५ पुग्यो
मन्त्रिपरिषद्को वैठक ५ वजे बस्दै, विदेशमा रहेका नेपालीको उद्धार र लकडाउन मोडालिटी मुख्य एजेण्डा

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar