खुल्ला मगर भाषिक रचना वाचन प्रतियोगिता जेष्ठ २४ गते देखि सुरु

खुल्ला मगर भाषिक रचना वाचन प्रतियोगिता जेष्ठ २४ गते देखि सुरु

•अनिल लामिछाने मगर
काठमाण्डौं: मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेज भित्र मगर लाफाहरूको माग र साहित्य प्रतिको रुचीलाई मध्यनजर गर्दै “खुल्ला मगर भाषिक रचना वााचन प्रतियोगिता २०७७” निम्न, मिति समयमा हुन गइरहेको हुनाले यस ग्रुपभित्र आवद्ध सम्पूर्ण मेम्बर एवं एडमिन लाफाहरुलाई सहभागि भई प्रतियोगिताको सोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

👉मगर भाषिक रचना वाचन प्रतियोगिताको नियमहरु:-

१) रचना वाचनको भिडियो मगर भाषा (ढूट,खाम,काइके) मा हुनुपर्नेछ खस भाषामा भएको भिडियो मान्य हुने छैन (मगर ड्रेस अनिवार्य नहुने)

२) मगर भाषामा कविता, मुक्तक ,गजल, लघु कथा वाचन गरेको बढीमा ५ मिनेट सम्मको भिडियो तयार पार्न सकिने छ

३) रचना आफ्नो अथवा अन्य मगर लाफाको वाचन गरी भिडियो तयार गर्न पनि सकिनेछ

४) यदि रचना अन्य लाफा रचनाकारको हो भने रचनाकारको नाम ठेगाना पनि भिडियो तथा पोस्टमा उल्लेख गर्नुपर्ने छ

५) भिडियो ५ मिनेट माथिको मान्य हुने छैन, प्रतियोगितामा सबै उमेर समूहका लाफाहरू सहभागि हुन सकिने

६) धेरै भन्दा धेरै मगर लाफा ज्यूहरूको सहजै सहभागीतालाई मध्यनजर गरी मगर ड्रेस अनिवार्य नहुने

७) भिडियो बनाउँदा आफ्नो परिचय जस्तै: नाम, ठेगाना र रचना वाचनको शीर्षक उल्लेख गर्नुपर्नेछ र पोस्ट गर्दा पनि नाम, ठेगाना, हालको बसाई लेखी सहभागी आफैले पोस्ट गर्नुपर्ने हुन्छ

८) भिडियो post गर्ने समय २०७७ जेष्ठ २४ गते शनिवार मध्याह्न १२ बजे देखि रातिको ९ बजे सम्म मात्र (९ घन्टा भित्र अनिवार्य पोस्ट गर्नुपर्ने)

९) भोटिंग समय ३ दिन ( जेष्ठ २४ देखि जेष्ठ २७ गते मंगलवार बेलुकी ५ बजे सम्म )

१०) प्रतियोगिहरू मध्य सबै भन्दा बढी like ल्याउने पुरुष/महिला १/१ जना गरी दुई जनालाई लाफा ज्यूहरूलाई पुरस्कृत गरिने

११) नतिजा भोटिङ सकिएको १ घण्टा पछि सार्वजनिक गरिनेछ

१२) प्रतियोगिता मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र संचालन हुने

१३) भोटिङ समय अवधिभरि एडमिनको सूचना बाहेक सम्पूर्ण पोस्ट बन्द रहनेछ

१४) like को आधारमा बिजेता घोषणा गरिने भएकाले सबै like/react लाई समान अंक दिइने, share, मेन्सन, कमेन्ट सबै खुल्ला रहनेछ

१५) प्रतियोगितामा कुनै विवाद आएको खण्डमा एडमिनको निर्यण नै अन्तिम निर्यण हुनेछ

🥈🥈#पुरस्कारहरू:-🥈🥈
…………………………….
✅ पुरुष तर्फ १ जनालाई नगद रू.५,०००/- र सम्मान पत्र
✅ महिला तर्फ १ जनालाई नगद रू.५,०००/- र सम्मान पत्र

#पुरस्कार____प्रायोजक:-
नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेसियाका अध्यक्ष सुरेश बुढामगर,घोराही उ.प.मा नगरपालिका 12 दाङ
संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )
एडमिनहरु:-
1)राज थापा(बाग्लूङ्,हाल जापान)
2)Laxmi आलेमगर(पाल्पा)
3)रंजु बडकौली मगर( धादिङ)
4)रेहना मगर(महोत्तरी,हाल ktm)
5)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
6)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
7)यमवी मगर(सिन्धुली,हाल दुबई)
8)एसविस पाल्पाली मगर(पाल्पा,हाल इंडिया)
9)आयुष्मा मगर(पाचथर)
10)स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)
11)प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)
12)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
13)एलिना थापा मगर(गोरखा,हाल जापान)
14)छिनिङ मगर( सुर्खेत)
15)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
16)रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)
17)सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
18)नबीन मगर(नवलपुर)

समस्त मगर संसार फोटो ग्यालरी एडमिन परिवार
यो पनि पढौ:एकल भाषाको विरोध,मातृभाषाको प्रयोग छाड्नु हुन्न किन ?
रुकुम पश्चिम चौरजहारी घटना दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता:- गृहमन्त्री रामबहादुर थापा मगर’वादल’

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar