सुदुरपश्चिममा थप ८ जनाकोरोना, संक्रमितको सख्या ७२ जना पुग्यो।


कैलाली । सुदूरपश्चिम प्रदेशमा निको भई डिस्चार्ज भएका व्यक्तिबाहेक कोरोनाभाइरसबाट संक्रमितको संख्या ७२ पुगेको छ । बुधवार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा ८ जना कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७२ पुगेको हो ।
जिल्ला अस्पताल बैतडीमा उपचार गराइरहेका १ जना निको भइ डिस्चार्ज भएपछि निको हुनेको संख्या ७ जना पुगेको छ भने बाँकी ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

बुधवार गएिको परिक्षणमा धनगढी उप–महानगरपालिका ५१ वर्षका १ जना पुरुष, गौरीगंगा नगरपालिका बस्ने २० र २५ का २ जना पुरुष, डोटी जिल्ला पुर्वीचौकी गाउपालिका बस्ने वर्ष २२, २२, २५, २७ का ४ जना पुरुष र बर्ष ४५ का १ महिला गरी ८ जनामा संक्रमित पुष्टि भएको थियो ।

हालसम्म ६ हजार १८८ जनाको थ्रोट स्वाव नमुना जाच गर्दासम्म ७९ जनामा पोजेटिभ देखिएको थियो । ७ जना निको भइ घर गईसकेपछि बाँकी ७२ जना संक्रमित उपचाररत रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जनाकारी दिए ।

अझै संकलन गरिएको १०८६ जनाको थ्रोट स्वाबको नतिजा आउन बाँकी रहेको उनले बताए । कोभिड १९ को आशंकामा प्रदेशका विभिन्न अस्पतालको आइृसोलेसनमा रही  ७६ जना उपचारमा छन् भने २४४ जना सामान्य उपचार पछि निको भइ घर गइसकेको उनले बताए ।

१९७ जनामा आरडिटी पोजिटिभ

प्रदेशमा आरडिटी विधिवाट गरिएको परिक्षण वाट १९७ जनामा आरडिटी पोजिटिभ देखिएको छ । २४ हजार ९४० जनाको आरडिटी परिक्षण गर्दा सम्म १९७ जनामा पोजिटिभ देखिएको हो ।कार्कीले  हालसम्म आरडिटी पोजिटिभ देखिएका १०२ जनाको पिसिआर विधिवाट परिक्षण गर्दा नेगेटिभ आईसकेको बताए ।
उनले पोजिटिभ देखिएका बाँकीको पिसिआर विधिवाट जाँच भइरहेको बताए ।
यो पनि पढौ:धरान-१५ आगलागी : आमाछोरीको आगोमा जलेर मृत्यु
प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा लकडाउन मोडालिटीबारे छलफल गर्ने
एकल भाषाको विरोध,मातृभाषाको प्रयोग छाड्नु हुन्न किन ?

तपाइ फेसबुक ,रट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । साथै युट्युवमा जोडिन सक्नुहुने छ

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar