महिला अधिकारकर्मी संजाल कास्कीका अध्यक्ष तारा थापा मगरको नेतृत्वमा मुख्यमन्त्री गुरुङलाई ज्ञापन पत्र


का‌स्की: रुकुम पश्चिम चौरजहारीमा भएको जातिय घटनाका दोषीमाथि कडा कारवाहीको माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार संजाल कास्कीका अध्यक्ष तारा थापा मगरको नेतृत्वमा गएको महिला अधिकारकर्मीको टोलीले मुख्यमन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाउँदै उक्त घटनामा जोडिएका दोषीमाथि कडा कारवाहीको माग गरेको हो ।
उक्त घटनाको निष्पक्ष छानबीन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कार्बाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

गैसस महासघं गण्डकी प्रदेशका अध्यक्ष विना शिलवाल, इन्सेक गण्डकी प्रदेश कार्यालयका सवनम शर्मा , महिला मानव अधिकार रक्षक संजाल सदस्य मिना पौडेल, कोपिला नेपाल लगायत विभिन्न सघंसस्थाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा कथित जातिय अहकांरका कारण ६ जना युवाको विभत्स हत्या गर्नु आफैमा निन्दनिय र लज्जास्पद भएको भन्दै दुखद घटनाको निश्पक्ष छानविन र दोषीमाथि कडा कारवाहीको माग दर्गै पिडित परिवारलाइँ उचित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ । साथै उक्त नाबालिका किशोरीको जिउज्यानको सुरक्षा गर्दै उनीमाथि हुनसक्ने सामाजिक विभेदको सवालमा सम्वन्धित निकायको ध्यानाकर्षण गराएको ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री गुरुङले उक्त घटनाप्रति आफुहरु गंम्भिर भएको बताउँदै घटनामा संलग्न दोषीहरुलाई जन्म कैदसम्मको सजाय हुनेपर्ने बताउनुभयो । भोलि नै उक्त ध्यानाकर्षण पत्र संघिय सरकारलाई पठाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ज्ञापनपत्र

यो पनि पढौ:कोरोना भाइरसवाट थप १ जनाको मृत्यु,

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुग्यो
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar