नापि कार्यलय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरुद्ध ५ करोड भ्रष्टचार मुद्धा


अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा लगाएको छ।२०५४ साल पुसदेखि २०७६ वैशाखसम्म सरकारी सेवामा रहँदा उनले ५ करोड ४३ लाख २७ हजार बराबरको अवैध सम्पत्ति थुपारेको भन्दै अख्तियारले मंगलबार भ्रष्टाचार मुद्दा चलाएको हो।

उनलाई २ वर्षसम्म कैद र विगो बमोजिम जरिवाना माग गरिएको छ।उनले भ्रष्टाचार गरी कमाएको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ।

सरकारी सेवाको २२ वर्ष अवधि र अरू सम्पत्ति गरी उनको वैध आय जम्मा १ करोड १७ लाख ४१ हजार हुने पनि अख्तियारले जनाएको छ। तर काफ्लेले आफ्नो हैसियतभन्दा पनि धेरै जग्गा जमिन खरिद गर्ने, महँगोमा खरिद गरेर कम मूल्यका कागजात बनाउने, र श्रीमतीको नाममा सम्पत्ति थुपार्ने गरेको भन्दै उजुरी परेको थियो।

उक्त उजुरीमा छानबिन गर्दा काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल भएका बेला गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तरयापन गरेको तथ्यप्रमाणबाट पुष्टि हुने अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

उनकी श्रीमतीको नाममा रहेका जग्गा जमिन, बैंक ब्यालेन्स रोक्का गरी जफत गर्न पनि अख्तियारको माग छ।

यो पनी पढौ:असार १ गतेदेखि होम स्कुलिङ सुरू हुने ,एसइईलगायत परीक्षाको टुंगो: शिक्षामन्त्री
उमेरले ५६ बर्षलागे अभिनेता राजेश हमाल
चितवन भरतपुर अस्पतालमा थप १ जना कोरोनावाट मृत्यु, मृत्युहुनेको संख्या १५ पुग्यो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar