कालापानी, लिम्पियाधुरा नेपालको नक्सामा थियो नि’,राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतो


राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले जति असन्तुष्टि भए पनि देशको सवालमा एक ठाउँमा उभिने बताएका छन्।

नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा उभिने निर्णय सुनाउँदै उनले मधेशी भनेपछि राष्ट्रियताको सवालमा प्रश्न उठाउने गरिएको बताए।

‘मधेशी भनेपछि राष्ट्रियतामा शंका गर्ने? नश्लिय चिन्तन बोकेकाहरू हटाइदेऊ, प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ’, उनले भने, ‘विभेद गरे पनि सरकारले विभिन्न प्रकारले पीडा पुर्‍याए पनि सीमा रक्षाका लागि लडेको छ। मरेको छ।’

महतोले संविधानमा अझै पनि आफूहरूको फरक मत रहेको बताए।
‘हामीले प्रधानमन्त्रीलाई भन्यौं – नक्सा बनाउनु भयो। राम्रो गर्नुभयो। भूमि फिर्ता ल्याउने कुरा राम्रो कुरा गर्नुभयो’, महतोले भने, अगाडि बढ्नुहोस्। अब भूमि फिर्ता ल्याउने पनि कुरा गर्नुहोस्।’

उनले संविधान संशोधनको विषय आउँदा पीडा हुने बताए।’जनताले संविधानका लागि ज्यान गुमाएको छ। संघर्ष गरेको छ। त्यो पनि राष्ट्रियताको कुरा हो’, महतोले भने, ‘हामीले उठाएका विषय पनि ल्याइदिनुहोस् न। भूमि मात्र राष्ट्रियता होइन। जनता पनि हो।’

उनले प्रधानमन्त्रीले ‘औचित्य र आवश्यकता’ का आधारमा संविधान संशोधन भन्ने गरेको तर कहिले हुन्छ? भन्दै प्रश्न गरे।
उनले संविधान संशोधनको सवाल आउँदा हिमाल पहाड तराईको जनताको भावना सम्झन आग्रह गरे।

‘पार्टी ठूलो भयो, दिल ठूलो बनाउनुहोस् भनेको थिएँ’, महतोले भने, ‘अब होला कि।’

उनले असन्तुष्टि थाती राख्दै राष्ट्रिय जनता पार्टीले नक्सासम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गर्ने बताए।महतोले महाकाली सन्धीको विषयमा समेत प्रश्न उठाए।उनले महाकाली सन्धीका बेला त्यसको मुहान उल्लेख नगर्नु भूल भएको बताए।

‘राष्ट्रघाती को-को हो देशमा पहिचान गर्नुपर्छ। देश वेचुवाको खोजी हुनुपर्छ। त्यो त हाम्रो छँदै थियो नि। कालापानी, लिम्पियाधुरा नेपालको नक्सामा थियो नि’, महतोले भने, ‘५८ वर्षअघि कुन देश बेचुवाले देश बेच्यो? श्वेतपत्र जारी गर्नुपर्दैन?’
उनले माहाकालीको मुहान पत्ता लगाउनु पर्ने बताए।’राष्ट्रघातीको पहिचान हुनुपर्छ। यो खोकला राष्ट्रवादी कुरा होइन’, महतोले भने, ‘राष्ट्रघातीको पहिचान हुनुपर्छ। मधेशीलाई राष्ट्रघाती भन्ने राष्ट्रवादी नभन्ने। मधेशी जनतालाई राष्ट्रवादको नाममा औंला ठड्याउने काम नगरोस्। कतिचोटि परीक्षा दिने हो। यस्तो अग्नि परीक्षा नलिनुहोस्। त्यो मधेशी जनताप्रति अन्याय नगर्नुस्।’

उनले प्रधानमन्त्रीलाई भूमि ल्याउन आग्रह गरे। साथै भारतसँग वार्ता गर्दा ऐतिहासिक सम्बन्ध स्मरण गर्न समेत उनले आग्रह गरे।

यो पनी पढौ:भुमि फिर्ता ल्याउन काङ्ग्रेसको सहयोग रहन्छ:प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा
‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं, ‘नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
सरकारले ऐतिहासिक निर्णय सम्पुर्ण नेपालीलाइ गर्वको कुरो,अब निशान छापमै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar