आर्थिक हिनामिना गरेको आराेपकाे खण्डन गर्दै मगर संघ युएई निकाले यस्तो बिज्ञप्ती


एम्वी मगर:
युएई/ नेपाल मगर संघ युएई साखाले संघका अध्यक्ष शिला राना मगर माथी लागेको आर्थिक हिनामिनाको आरोपको घोर भत्सर्ना सहित प्रेस बिज्ञप्ति निकालेको छ ।

जुलाई ११ मा esancharpati.com मा प्रकाशित “मगर संघ साखा युएईका अध्यक्षद्वारा सहयोग स्वरुप संकलन गरिएको रकम हिनामिना” शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

उक्त समाचार प्रकाशित भएपछि जुन १२ मा मगर संघ साखा युएईका सल्लाहकार र पदाधिकारीहरुको आकस्मिक बैठक बोलाइएको थियो । बैठकले उक्त समाचार बर्तमान अध्यक्षको नाम किटान सहित चरित्र हत्या गर्ने उद्देश्यले भ्रामिक, तथ्यहिन, कपोकल्पित समाचार सम्प्रेषण गरि सिंगो समाज र समुदायमा भ्रम छर्ने काम गरेको निष्कर्ष सहित नेपाल मगर संघ शाखा यूएईले बिज्ञप्ति निकालेको छ । साथै पत्रकारले समाचार लेख्दा तथ्यमा रहेर समाचार लेख्न समेत सुझाएको छ।

प्रेस बिज्ञप्तिको पूर्ण पाठ:

“बहुभाषिक,बहुजातिय र बहुधार्मिक सबैको समान अवसर अधिकार पहुँच सहितको समानता आजको आवश्यकता”
आफनै छुटै भाषा,भेष-भुषा,लिपि, प्राचीन र ऐतिहासिक सँस्कृति बोकेको मगर समुदाय लामों समय देखी सांगठनिक रूपमा टोल,बस्ति,गॉउ र शहरमा आम मगर समुदाय लाई शिक्षित गर्दै आईरहेको छ ।नेपाल मगर संघको मातहतमा रहने गरी वैदेशिक शाखा नेपाल मगर संघ शाखा युएई २००५ मा गठन गरि आम युएई बासी मगर समुदायलाई गोलबन्द गर्दै आफ्नो कार्यक्रम हरू गर्दै आईरहेको परिवेशमा केही अनलाईन पत्रिका (esanchar.com)मा सिंगो मगर संघ लाई लक्ष्य गरि साथै बर्तमान अध्यक्ष ज्यू को नाम किटान सहित चरित्र हत्या गर्ने उध्यश्यले भ्रामिक,तथ्यहिन, कपोकल्पित समाचार समप्रेशण गरि सिंगो समाज र समुदायमा भ्रम छर्ने काम प्रति नेपाल मगर संघ शाखायूएई घोर बिरोध भत्तर्सना गर्दछ साथै यस्ता पित पत्रकार बाट बचेर रहन तथा भ्रममा नपर्न आम जनसमुदाय मा हार्दिक अपिल गर्दछौ । अनलाईनमा आएको समाचार गलत,निराधार व्यक्ति बिषेश चरित्र हत्या गर्ने उध्येश्य सहित आएको हुदा आगामी दिनहरूमा सच्चिएर र तथ्यको आधारमा बुझेर पत्रकार को सामान्य नियम पालना गरेर समाचार संमप्रेशण गर्न हुन समेत हार्दिक अनुरोध गर्दछौ अन्यथा संस्था कानुनी उपचार खोज्न बाध्य हुनेछ ।
बिगत लामों समय देखि घरेलू कामदारको रूपमा कार्यरत रूपन्देही निवासी श्री तारा राष्कोटी मगर ज्यू नेपाल मगर संघ शाखा युएई दुवई क्षेत्रिय समिति हुदै हाल केन्द्रीय सदस्य हुनुहुन्छ । निज घरमा काम गर्ने सिलसिलामा (MAY 2019) अचानक ढोकामा हात च्यापिएर औलामा सामान्य फ्याक्चर हुन गएको र केही दिन काम गर्न नसकी विना जागिर बस्नु पर्दा संस्थालाई सहयोग मागनु भएको हुदा नेमस शाखा युएई दुवई क्षेत्रीय समिति मार्फ़त २०६७/- दिराहम नगद सहयोग बुझिलिनु भएको साथै केन्द्रीय समिति ले व्यक्तिगत रुपमा सहयोग रकम उठाउदै गर्दा निज तारा ज्यू निको भई काममा फर्कि सक्नु भएको हुदा उहाँ भन्दा पनि पिडित परिवार धादिअ निलकण्ठ न.पा.१२ आगेटारी बस्ने बालिका बर्ष १२ करीना थापा मगर जस्को आमा विगत लामों समय देखि प्यारालाईसिस भई बिस्तारा मैं लडिरहेको, त्यसै बेला बाबा ले आत्म हत्या गरेको र सानो भाई १० बर्ष,बहिनि ७ बर्ष बहिनि सहित पुरै परिवार को ज़िम्मा करिना थापा मगर माथी आईपरेको र उक्त समाचार बिभिन्न सोशल मिडिया मार्फ़त थाहा भएपछि नेपाल मगर संघ शाखा युएई नयॉ कार्य समितिको अल ऐन पार्क मिति २२-११-२०१९ मा बैठक बसी बहुमत को आधारमा छलफल गरि उक्त रकम सहित थप रकम थपेर करीना थापा मगर सहयोग गर्ने निर्णय सर्वसहमति बाट पारित गरि दिने निर्णय गरि वर्तमान अध्यक्ष श्री शिला राना मगर ज्यू र सल्लाहकार श्री बविता राष्कोटी मगर ज्यू छुट्टी गएको वेला निज लाई भेटि एकमुष्ट रकम हस्तान्तरण गरिएको थियो । तर अहिले आएर एक बर्ष पछि पुरानो कार्यसमिति मा संकलन भएको रकम नयॉ कार्य समिति माथी थोपार्ने काम भएको , हिनामिना भएको आरोप लाउने र केन्द्रीय समिति मा यसबारे छलफल गरौ भन्दा नमान्ने तर आफै पत्रिकामा समाचार दिने निजको दोहोरो चरित्र प्रति र पित पत्रकार प्रति मिति १२-०६-२०२० मा बसेको केन्द्रीय कार्यसमिति, प्रमुख संरक्षक,सल्लाहकार,क्षेत्रीय अध्यक्ष ज्यू हरूको संयुक्त (ZOOM ONLINE) बैठक वसि बृहत छलफल गरि वर्तमान अध्यक्ष श्री शिला राना मगर ज्यू संग प्रत्यक्ष स्पष्टीकरण माँगी पैसा अनियमितता नभएको ठहर गर्दै सामाजिक संजालमा आएको भ्रामिक समाचार प्रति घोर भत्सर्ना गर्दै प्रेश बिज्ञप्ति जारी गरिएको छ ।

धन्याबाद
जय मगर संघ
जय मगरात
नयन घर्ति मगर
महासचिव-नेमस शाखा युएई

यो पनी पढौ:नेपालमा कोरोना थप २७३ जना ,कुल संक्रमितको संख्या ५४३५ जना पुग्यो
कालापानी, लिम्पियाधुरा नेपालको नक्सामा थियो नि’,राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतो
‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं, ‘नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar