राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्दै : गृहमन्त्रालय(पूर्णपाठ)


लकडाउन खुकुलो बनाउँदा कोरोनाभाइरसको संक्रमणलाई फैलन नदिन गृह मन्त्रालयलले बन्दाबन्दीलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड, २०७७ जारी गरेको छ । मापदण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्ने सामाजिक दूरी कायम गरिनुपर्ने लगायत विषयहरू समेटिएका छन् ।

यस्तै, कुनै पनि विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व पूजापाठलगायत सामाजिक तथा सांकृतिक कार्यक्रमहरू गर्नपर्ने अवस्थामा सामाजिक दूरी कायम गरी १५ जनाभन्दा बढी मानिस भेला हुन नहुने व्यवस्था गरिएको छ । त्यस्तै, उत्पादनमूलक क्रियाकलाप उद्योग, कारखाना, पूर्वाधार विकास निर्माण गर्दा एक स्थानमा एक पटक १० जनाभन्दा बढी जम्मा हुन नपाउने तथा कर्मचारीले भिडभाड नगर्ने, सेवा दिँदा सम्भव भएसम्म सेवाग्राहीलाई अनलाइनबाट सेवा मिलाउनेजस्ता विषय समेटिएका छन् ।

यता, सरकारले अत्यावश्यक कामबाहेक अरु बेला बाहिर ननिस्कन सबै नागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आज बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।

बैठकले देशैभरका क्वारेन्टिनलाई थप व्यवस्थित गर्दै लैजाने तथा त्यसको अनुगमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने, क्वारेन्टिनमा रहेकाहरुको शीघ्र स्वास्थ्य परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय परीक्षण निर्देशिकानुसार गरेर त्यहाँ बसेको दुई हप्ताभित्र सक्ने निर्णय गरेको छ ।



Digital currency exchangers

यो पनी पढौ:मगर संसारद्वारा आयोजित Tiktok डान्स प्रतियोगीतालाई म्याग्दीकी पुष्पाले पठायो रू.२२,०००/- आखिर किन?
थप संक्रमित ६७१ जना, कुल कोरोना संक्रमित सख्या ७८४८ जना पुग्यो (पुर्णविवरण सहित)
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar