नेपाली पुरुषसग विवाह गरी आउने विदेशी महिलालाइ ७ वर्षपछी अंगिकृत नागरिकता दिने नेकपाको निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।

बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘आजको बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रावधानहरूको बारेमा छलफल भयो,’ श्रेष्ठले भने, ‘जसअनुसार नेपाली पुरूष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगिकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालियो। नेपाली नागरिक पुरूषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता पाउनु उपर्युक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ।’

विदेशी महिलाले नागरिकता त्याग गरेको प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि अंगिकृत नागरिकता दिन सकिने नेकपाको भनाइ छ।

‘सामाजिक, साँस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेर आएको दिनदेखि नै प्राप्त गर्न सक्ने गरी उहाँहरूलाई आवासीय परिचयपत्र प्रदान गरिनेछ,’ श्रेष्ठले भने।   

तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप ३३१ कोरोना पुष्टी,कुल संक्रमितको सख्या ८,६०५ जना पुग्यो,मृत्युहुनेको सख्या २२ जना पुग्यो।
भारत र तेस्रो मुलुकबाट आएका सिन्धुली स्थाइ ठेगना भएका थप २ कोरोना पुष्टी,
गोर्खा भर्तिकेन्द्र खारेज गर,नेपाल युवाहरुलाइ चिनविरुद्ध लड्न नपठाउ:नेकपा महासचिव विप्लव
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar