सरकारले आदिवासी जनजाती प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तिमगर नियुक्त


काठमाडौँ — सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तीलाई नियुक्त गरेको छ । प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसमा घर्तीलाई नियुक्त गरेका हुन् । 

प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । रोल्पाका घर्ती अनेरास्ववियुका पूर्वमहासचिव हुन् । उनी दोस्रो संविधानसभामा समानुपातिक सभासद थिए । त्यसैगरी तत्कालीन नेकपा एमाले संसदीय दलको सचेतक तथा पोलिटब्युरो सदस्य थिए ।

हाल नेकपा केन्द्रीय सदस्य तथा आदिवासी जनजाति फाँट इञ्चार्ज हुन् । उनी प्रधानमन्त्री ओली निकट मानिन्छन् । उनी चार वर्ष कार्यकालका निम्ति नियुक्त भएका हुन् ।

उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई उपाध्यक्षमा नियुक्ति गरेको हो।सिफारिस समितिले घर्तीसहित अन्य दुई जनाको नाम सिफारिस गरेका थिए ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर भाषिक रचना वाचन प्रतियोगितामा पुरुष तर्फ बिजेता बनेका दिलु आलेले गरे मृगौला रोगिलाई सहयोग
हामी पार्टी एकताबाट पछी हट्न सक्दैनौं,कार्यन्वयन गरेर अगाडी बड्नुपर्छ। नेकपा अध्यक्ष’प्रचण्ड’
हामी पार्टी एकताबाट पछी हट्न सक्दैनौं,कार्यन्वयन गरेर अगाडी बड्नुपर्छ। नेकपा अध्यक्ष’प्रचण्ड’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar