मगर अभियान आफ्नो गति र विधिमा चालू:नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगर


काठमाण्डौ:नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष तथा अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगरले भन्नुभयो,नेपाल मगर संघ मगर समुदाय सहितको नेपाली लगायतका मानव समुदायको सेवा , बिकास, समानता, सामाजिक न्याय र अधिकार दिलाउन र सिंगो नेपाल देशको समृद्धि र सेवामा समर्पित हुनका लागि स्थापना गरिएको गौरवशाली सामाजिक संगठन हो।

नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष मात्र नभएर सम्पुर्ण आदिवासी जनजाती समुदायको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष एवम् प्रवक्ता समेत नविन रोका मगरले भन्नुभएको छ,आजसम्मको अभ्यासले जातिभित्र वर्ग र वर्गभित्र जाति छ भन्ने बस्तुगत मान्यतालाई विश्वास गर्दछौं ।सबै खाले विभेद र उत्पिडनवाट मुक्ति प्राप्त गर्न सामाजिक र राजनैतिक चेतना र योजनाको खाचो छ भन्ने पनि हाम्रो निष्कर्ष छ।
उहा भन्नुभएको छ,सबै खाले विभेद र उत्पिडनवाट मुक्ति प्राप्त गर्न सामाजिक र राजनैतिक चेतना र योजनाको खाचो छ भन्ने पनि हाम्रो निष्कर्ष छ।यो दुईवटा गतिशील गतिलाई ठिक ठाउँमा ठिक विचार र योजना प्रयोग गर्न सोचबुझ सहितको कला प्रयोग गरेर संगठनले बाजि मार्न राजनैतिक विचार राजनैतिक संगठनवाट र सामाजिक विचारको प्रयोग सामाजिक संगठनवाट नै गरेर सफलता प्राप्त गर्ने आजको सांगठनिक मान्यता हो।विगतमा झै सामाजिक शक्ति र राजनैतिक शक्तिले एकले अर्कोलाई निषेध गर्ने हो भन्ने उत्पिडीत जनताको जीत हुदैन र मुक्ति संवभ छैन भन्ने सच्चाई पनि हो।त्यसै नेपाल मगर विघटन गर्न,मगर जाती समुदाय फुटाउन राजावादी लगायत आन्तरिक र वाह्य तत्व सक्रिय भएकोले सचेत रहन सवै अपिल गर्नुभएको छ।उहाले भन्नुभएको छ,नेपाल मगर संघ जस्तो पवित्र सामाजिक संगठनलाई विघटन गर्ने भन्ने गलत कुरा कसैले पनि नगर्नु होला त्यो निकै महंगो हुनेछ ।साथै नेपाल मगर संघमा राजनीतिकरण भयो ,नेतृत्व बिके, मगरात सहितका मुद्दाहरु छोडे वा काम गरेनन् भन्ने कुरा गलत र भ्रम मात्रै हुन यो सिकारुहरुले धेरै खरानी घसेर गर्ने काम हो यदि जिकिर छ भने प्रमाण सहित पेश हुन चुनौती छ।अन्यथा यस्ता स्तरविहिन पुर्वाग्रहीपुर्ण कुरा सुन्ने फुर्सद पनि छैन यसको तुक समेत नभएकोले संवन्धित सबैलाई भ्रममा नपर्न अनुरोध छ।नेपाल मगर संघको आधिकारिक भनाइ वाहेक अरुमा नवहकिनु होला ।संघको कुनै पनि तह र निकायका कुनै पनि पदाधिकारी वा सदस्यहरु गलत लाइनमा गतिविधि गरेको खण्डमा विधानअनुसार कदम चालिनेछ।कसैलाई विरोध गरेर गरेको कामको उद्देश्य राम्रो हुदैन भन्ने कुरा बुझ्न ढिलो नगर्नु होला । विधानको दायरामा रहेर हामी काम र अभियानमा छौं ।

अभियान आफ्नो गति र विधिमा चालू
सामाजिक सेवा भन्ने शव्द सुन्दा निकै मिठो लाग्ने र आदर्शले शीर अग्लिने गर्दछ।तर समाज सेवा मैन वत्ति झै जलेर संसारलाई खुशीको उज्यालो देखाउने काम हो भन्ने कुरा क्षणिक सेवाको नाटकीय कार्य गरेर हुदैन बरु असली समाज सेवाले जल्न मञ्जुर हुने जिवनहरुको माग गर्दछ।यसलाई भन्छन समाजसेवा र सामाजिक अधिकारकर्मी अरुलाई कर्मी र सेवा मात्रै भन्दछन् ।समाजको सेवा रहरले होइन त्याग र आदर्श पुर्ण भावनाले गर्ने हो।यसैको मेलोमा सामाजिक साझा संगठन नेपाल मगर संघ मगर समुदाय सहितको नेपाली लगायतका मानव समुदायको सेवा , बिकास, समानता, सामाजिक न्याय र अधिकार दिलाउन र सिंगो नेपाल देशको समृद्धि र सेवामा समर्पित हुनका लागि स्थापना गरिएको गौरवशाली सामाजिक संगठन हो।आज यो संगठन नेपाल र संसारभरि नै विस्तार भएको छ साथै यसैको जगमा टेकेर अन्तर्राष्ट्रिय मगर महासंघ समेत स्थापना गर्दै अन्तर्राष्ट्रिय समुदायबीचमा पनि उच्च छबीका साथ स्थापित भएको छ।नेपाल मगर संघलाई यो उचाइमा पुर्‍याउन धेरै मगर पुस्ताले जीवन खर्चेका छन र त संभव भएको हो।मगर समुदायलाई केन्द्र भागमा राखेर नेपाली र नेपाल देशलाई हरेक क्षेत्रमा योगदान दिने महान सामाजिक प्रक्रियामा युग सुहाउँदो कार्ययोजना र कार्यक्रम सहित सिंगो समाजलाई सामाजिक न्याय , समानता , विकास सहितको सभ्य समाजको रुपमा रुपान्तरण गर्न संगठनको विधि विधानमा रहेर चलेको थियो , चलिरहेको छ र चलिरहने छ।आजसम्मको अभ्यासले जातिभित्र वर्ग र वर्गभित्र जाति छ भन्ने बस्तुगत मान्यतालाई विश्वास गर्दछौं ।सबै खाले विभेद र उत्पिडनवाट मुक्ति प्राप्त गर्न सामाजिक र राजनैतिक चेतना र योजनाको खाचो छ भन्ने पनि हाम्रो निष्कर्ष छ।यो दुईवटा गतिशील गतिलाई ठिक ठाउँमा ठिक विचार र योजना प्रयोग गर्न सोचबुझ सहितको कला प्रयोग गरेर संगठनले बाजि मार्न राजनैतिक विचार राजनैतिक संगठनवाट र सामाजिक विचारको प्रयोग सामाजिक संगठनवाट नै गरेर सफलता प्राप्त गर्ने आजको सांगठनिक मान्यता हो।विगतमा झै सामाजिक शक्ति र राजनैतिक शक्तिले एकले अर्कोलाई निषेध गर्ने हो भन्ने उत्पिडीत जनताको जीत हुदैन र मुक्ति संवभ छैन भन्ने सच्चाई पनि हो।आज सुन्दै छौं कतिपय मानिसहरूले सस्तो लोकपृयताको नाममा नेपाल मगर संघ र नेतृत्वलाई भ्रामक लान्छना लगाएर आफू धुरी बन्ने अभियानमा लाग्नु भएको छ त्यो गल्ती हुदैछ त्यसो नगर्नु होला त्यसरी हुने भए संसारमा सबै मानिस समाजसेवी र नेता हुनथ्यो होला बरु दिलैदेखि मन छ भने समाजको सेवा गर्न र अधिकार दिलाउन लडाइ लड्नका लागि स्वागत छ सबैलाई अधिकार छ।तर नेपाल मगर संघ जस्तो पवित्र सामाजिक संगठनलाई विघटन गर्ने भन्ने गलत कुरा कसैले पनि नगर्नु होला त्यो निकै महंगो हुनेछ ।साथै नेपाल मगर संघमा राजनीतिकरण भयो ,नेतृत्व बिके, मगरात सहितका मुद्दाहरु छोडे वा काम गरेनन् भन्ने कुरा गलत र भ्रम मात्रै हुन यो सिकारुहरुले धेरै खरानी घसेर गर्ने काम हो यदि जिकिर छ भने प्रमाण सहित पेश हुन चुनौती छ।अन्यथा यस्ता स्तरविहिन पुर्वाग्रहीपुर्ण कुरा सुन्ने फुर्सद पनि छैन यसको तुक समेत नभएकोले संवन्धित सबैलाई भ्रममा नपर्न अनुरोध छ।नेपाल मगर संघको आधिकारिक भनाइ वाहेक अरुमा नवहकिनु होला ।संघको कुनै पनि तह र निकायका कुनै पनि पदाधिकारी वा सदस्यहरु गलत लाइनमा गतिविधि गरेको खण्डमा विधानअनुसार कदम चालिनेछ।कसैलाई विरोध गरेर गरेको कामको उद्देश्य राम्रो हुदैन भन्ने कुरा बुझ्न ढिलो नगर्नु होला । विधानको दायरामा रहेर हामी काम र अभियानमा छौं वोलेर केही हुदैन कामले पुष्टि गर्ने हो।हरेक खालको आन्दोलन समय र परिस्थिति अनुसार गर्ने हो सधैं एउटै खाले दुनियाँमा कतै हुदैन ।अहिले जो कसैले अनावश्यक हल्ला गरेर समय फाल्नु भन्दा कोरोना पिडीत र वाढी पहिरोले छटपटाइरहेका जनतालाई एक माना चामल र एकसरो कपडा दिनुस् त्यो महान कार्य हुनेछ भन्ने सवालमा दम छ है भन्ने कुरा सामाजिक सेवामा हामीले सिकेका हौं ।यदि सचेत गराएर पनि जो कसैले संघ र नेतृत्वको वारेमा गलत भ्रम छर्न नरोकेमा संघले आवश्यक कडा कदम चाल्न बाध्य हुनेछ र सबै निकायहरु सजक र सचेत रहन पनि जानकारी गरिन्छ ।नेपालको ईतिहासमा बाह्र मगरात राज्यका अन्तिम शासक मानसिंह खडका मगरलाई हत्या गर्न शासकहरुले गंगाराम मगरलाई नै प्रयोग गरेका थिए त्यो ईतिहास फेरि दोहोर्‍याउन आज नेतृत्वप्रति हमला गर्न मगर प्रयोग हुदैछन ईतिहास दोहोरिने संकेत आउदैछ है सबैले पहिचान गरेर ख्याल गरौं ।धन्यवाद ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:“मगरात पहिचान सहितको संघिय गणतन्त्र नेपालको सर्बोच्च कमाण्डर हो,नविन रोका मगर।”
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गर्न सरकारलाइ मैले निर्देशन दिएको हुँ,कोही महान राष्ट्रवादी होइन’ -प्रचण्ड’
पार्टी एकता जोगाउन संंघर्ष गरिरहेको छु: नेकपा अध्यक्ष पुर्वप्रधानमन्त्री प्रचण्ड
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar