बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:उपराष्ट्रपती पासाङले राष्ट्रिय झण्डा, प्रचण्डले पार्टीको झण्डा र नविनले मगरको झण्डाले गरे सम्मान(तस्विर सहित)


काठमाडौं । पुराना कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मन बुढामगरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्नुभएको छ। बुढाको उपचारको क्रममा आज विहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० वर्षको उमेरमा निधन भएको थियो । बिहान १० बजे पशुपति आर्यघाट पुगेर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’,पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख अग्नि सापकोटा, गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर, गृहमन्त्री रामबहादुर थापा मगर’बादल’, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, वनमन्त्री शक्ति बस्नेत, नेकपा क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य ‘किरण’ र सीपी गजुरेल, नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य रोल्पा जिल्ला सह-इन्चार्ज, अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर लगायतका नेता सामाजिक अभियन्ता श्रद्धाञ्जलीका लागि आर्यघाट पुगेका पुगेका थिए ।

उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा र नेकपा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर बुढाप्रति श्रद्धाञ्जली व्यक्त गरे । श्रद्धाञ्जलीका लागि सयौँ नेता कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् ।

वि.स. १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा एक आदर्श व्यक्तित्वको रुपमा चिनिन्छन् ।

बुढा २०४८ सालमा रोल्पाको क्षेत्र नं. १ बाट तत्कालीन जनमोर्चाको तर्फबाट सांसद निर्वाचित भएका थिए । त्यसअघि उनी थबाङको मुखिया, प्रधानपञ्च समेत थिए ।

माओवादी जनयुद्धको केन्द्र मानिने थबाङका बुढामगर रोल्पामा कम्युनिष्टको जननी मानिन्छन् । बुढा राष्ट्रका लागि महत्वपूर्ण योगदान गरे बापत दुई वर्षअघि राष्ट्रपतिबाट विभुषित भएका थिए ।उनका तीन छोरा तीन छोरी, नाति, नातिनी लगायत छन् ।

बुढा पेटको क्यान्सरबाट पीडित थिए । अघिल्लो वर्ष क्यान्सर पुष्टि भएपछि नियमित उपचारमा रहेका उनलाई बढी अप्ठ्यारो भएपछि केही दिन अघि पाटन अस्पतालमा भर्ना गरिएको थियो ।





तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेपाली मुक्तीकामी आन्दोलनका अविचलित संघर्षका प्रेरणादायी अभिवाक बर्मन बुढा मगर निधनप्रति प्रचण्ड द्धारा दु:ख व्यक्त
सरकारले मंगलवार मध्यराती १२:०० बजेदेखि नेपालमा लकडाउन अन्त्यको घोषणा
अछामकी १८बर्सिय किशोरी क्यान्सर उपचारका लागि आर्थिक अभाव हुँदा अस्पतालमा छटपटाउँदै



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar