बरमन बुढा मगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबीन रोकामगरले संघको झण्डा ओढाएर सम्मान श्रद्धाञ्जली अर्पन


काठमाडौं : नेपाल मगर संघ केन्द्रीय समितिको सल्लाहकार तथा कछाड बाँधेर संसद भवन छिर्ने पुर्व संसद बरमान बुढामगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नवीन रोका मगर ज्युले संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रकट सहित सम्मान प्रकट गरिएको छ । यसरी श्रद्धाञ्जली प्रकट गर्न सघको उपाध्यक्ष गङ्गा खासुमगर,महासचिव ज्ञानेन्द्र पुनमगर,केन्द्रिय सदस्य जिवन रोका मगर,समिर राना मगर, संघको सल्लाहकार वमकुमारी वुढा मगर,गौउ बहादुर आले मगर र अन्य सल्लाहकार, नेपाल मगर युवासंघ केन्द्रिय समितीको अध्यक्ष जयप्रकाश वुढा मगर,भातृसस्थाको अध्यक्ष तथा पदाधिकारीहरुको नेपाल मगर सघ प्रदेश समिती वाग्मती(नेवा:ताममसालिङ्ग मगरात)को मुख्यसचिव सविन पुलामी मगर’साकार’ संगठन सचिव किरण थापा मगर, सचिव गायत्री राना मगर नेता लगायत सामाजिक अभियन्ता सहभागिता रहेको थियो ।नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नवीन रोका मगर ज्युले भन्नुभयो ,विभेद र उत्पीडनका विरुद्ध खरो प्रतिवाद गरेर निरंकुश एकात्मक पञ्चायती राज्य सत्तालाई थुर थुर पार्ने ऐतिहासिक मगरात वस्ति थबाङ रोल्पाले जन्माएको असली बरिस्ठ कम्युनिस्ट नेता तथा सामाजिक अभियन्ता बरमन बुढा मगरअब भौतिक रुपमा दुनियाँमा रहनु भएन तर उहाँका आदर्शपुर्ण कदम र बिचार सदा जीवित र मानव समाजका लागि प्रेरणादायी दर्शनको रुपमा दर्ज हुनेछ ।उहाँको गौरवपुर्ण संघर्षमय जीवनान्त यात्राले गर्दा नै अन्तिम बिदाई यात्रामा उच्च सम्मानका साथ नेपाल सरकार , राजनैतिक दल र सामाजिक शक्तिहरुले वांकी समाज र देश निर्माण गर्ने सपना हाम्रो पुस्ताले पूरा गर्ने वाचा गर्दै शीर निहुराएर सम्मान सहित बिदाई गरेका छन्र श्रद्धा सुमन बरमन बा ।साथै नेपाल मगर संघको सबै समितिले आज शोक मनाएको छ। केन्द्रले परिपत्र जारी गरि संघको सम्पुर्ण औपचारिक कार्यक्रम स्थगन गरिएको छ। कार्यलय बन्द गर्ने देखि लिएर संघको आधा झण्डा झुकाउने देखिलिएर कार्यलयमा शोकपुस्ती राख्ने कार्य गराउन निर‌देशन दिएको थियो।
२०५२ सालमा माओवादीले जनयुद्ध थाल्दाको केन्द्र रोल्पा, रुकुम नै थिए। माओवादीले भरुवा बन्दुक र खुकुरीको भरमा जनयुद्ध उद्घोष गर्दा त्यहाँका मगर समुदायले दह्रिलो साथ मात्रै दिएनन्, सबैभन्दा धेरै बलिदान पनि भए। माओवादी जनयुद्धको उद्‍गम थलो रोल्पामा कम्युनिष्टको बीजारोपण वि.सं. २०१२ मै चर्चित नेता बर्मन बुढाले गरेका थिए। जनयुद्धको समयमा सबैभन्दा चर्चामा आइरहने स्थान थियो थबाङ। जनयुद्धको उद्‍गम थलो रोल्पाको विकट तर सुन्दर त्यही थबाङ गाउँमा उनै बर्मन बुढासहितले कम्युनिष्ट भित्र्याएका थिए। तत्कालीन अवस्थामै क्रान्तिकारी स्वभावका थिए बर्मन बुढा।  पाटन अस्पतालमा बुधबार बिहान उनको निधन भएको छ। केही वर्षदेखि आन्द्राको क्यान्सरसँग संघर्ष गरिरहेका उनले अन्तत: ९० वर्षको उमेरमा देहत्याग गरे।

रोल्पामा कम्युनिष्टहरुको मियो उनलाई आदर्श मान्‍नेको संख्या अहिलेको सत्तारुढ नेकपामा अनगिन्ती छ।  जनयुद्धको उद्गम थलो थबाङका धरोहर तथा आदर्शका प्रतीकका रुपमा परिचित बुढाको निधनले सिंगो कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति भएको कम्युनिष्ट राजनीतिक अनुयायीहरु बताएका छन्। २००७ सालमा देशबाट राणाहरूको अत्याचार हटे पनि गाउँमा मुखियाहरूको जग्जगी उस्तै थियो। तिनै मुखियाहरूले गाउँलेमाथि गरेको अत्याचारको विरोधमा उत्रिँदा उनले त्यही बेला जेल सजाय भोग्नुपरेको थियो।  रोल्पाका बर्मनलाई त्यसबेला मुखियाहरूले पुलिस लगाएर जेल हालेका थिए। रोल्पा जिल्ला अस्तित्वमा नरहेको त्यसबेला उनलाई प्युठान कारागारमा थुनिएको थियो। जहाँ अहिलेका चर्चित कम्युनिष्ट नेता मोहन विक्रम सिंहसँग उनले भेट्न पाए।  कारागारमै रहँदा मोहन विक्रम सिंहसँगको उठबसले उनी कम्युनिष्ट बनेका थिए। मोहन विक्रमसँग कारागारमा बस्दाको उपलब्धि उनले कम्युनिष्ट सिद्धान्त पढे, बुझे अनि गाउँ फर्किए। उनी प्युठान कारागारबाट सजाय भुक्तान गरेर वि.सं. २०१२ मा थबाङ फर्किए।  जेलमा नै कम्युनिष्ट बनेका उनले थबाङमा त्यसको बीजारोपण गरे। त्यसपछि देशमा चलेको पञ्चायती शासनका समयमा उनी थबाङको मुखिया र प्रधानपञ्च पनि बने। संसदीय यात्राअघि पनि उनी राजनीतिक अभियानमा सक्रिय नै थिए।
नेपाल मगर संघ केन्द्रीय समितिद्धारा जारी गरिएको विशेष परिपत्र यस्तो छ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:ट्राफिक व्यवस्थापनको एकिकृत कार्ययोजना वनाएर यातयात आवागमनलाइ चुस्त बनाउन गृहमन्त्री ‘वादल’को कडा निर्देशन
थप कोरोना १४७ जना ,कुल संक्रमितको संख्या १८,२४१ जना पुग्यो, मृत्यु हुनेको संख्या ४३ जना पुग्यो।
बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:उपराष्ट्रपती पासाङले राष्ट्रिय झण्डा, प्रचण्डले पार्टीको झण्डा र नविनले मगरको झण्डाले गरे सम्मान(तस्विर सहित)
सरकारले मंगलवार मध्यराती १२:०० बजेदेखि नेपालमा लकडाउन अन्त्यको घोषणा
बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:उपराष्ट्रपती पासाङले राष्ट्रिय झण्डा, प्रचण्डले पार्टीको झण्डा र नविनले मगरको झण्डाले गरे सम्मान(तस्विर सहित)



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar