संघको अध्यक्ष नबीन रोकामगरले गरेको मगरात संयुक्त संघर्ष समितिकाे नेतृत्व समाजवादी मगर संघलाई हस्तान्तरण


काठमाण्डौ: संयुक्त मगर मन्च नेपालको आज काठमाडौंमा बसेको बैठकले “मगरात संयुक्त सङ्घर्ष समिति” को आलोपालो नेतृत्व गर्ने निति बमोजिम बिषेश परिस्थितिमा २०७४ साल देखि नेपाल मगर संघले गर्दै आएको नेतृत्वलाई आज देखि “जनता समाजवादी मगर संघ” लाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
मगरात राज्याधिकार स्थापित गर्ने, ऐतिहासिक मगरात भूगोलको नामाकरण र उत्पिडीत मगरात बासी आम जनताको आवाज उठाउने र पहिचान को आन्दोलन लाई मुलधारमा स्थापित गराउने गरि संयुक्त मगर मन्च नेपाल र नेपाल मगर संघकाे पहलमा स्थापित “मगरात संयुक्त सङ्घर्ष समिति” ले यो बिचमा बिभिन्न प्रकारको मगरात जनसभा गर्ने, मगरातको पक्षमा साधे एघार लाख भन्दा बढीको हस्ताक्षर सङ्कलन गरि राज्यलाई बुझाउने, आठौ प्रदेशको माग गर्ने, ४ नम्बर प्रदेशको नामकरण “मगरात-तमुवान” गर्नका लागि राज्यको सरोकारवाला निकायहरुलाई दवाव दिने, मगरात राष्ट्रीय राजनतिक सम्मेलन गरी सघिय सरकार लाई दवाव दिदै मगरातको सवाललाई अन्तराष्ट्रीय करण गर्ने, भारत, बर्मा, भूटानमा बसोबास गर्ने मगरहरुलाई मगरात माटो चिनाउने, राज्यका बिभिन्न निकायहरु सहित माननीय सम्सदलाई दवाव दिने, मगरात बासी जनताको न्यायीक आन्दोलनमा सशक्त सहभागिता जनाउने त्यसै गरि पहिचानका लागि भएका सबै प्रकारका सडक सङ्घर्ष हरुमा सकृय सहभागिता जनाउने, मगरात बहस चलाउने आदि पहलकडमी यस समितिमा भएको थियो । नेपाल मगर संघले नेतृत्व गरेको सङ्घर्ष समितिको नेतृत्व सघको अध्यक्ष नबीन रोकामगर गर्नुभएको यस समितिमा सबै पार्टीमा आबद्ध मगरहरु, स्वतन्त्र मगरहरु र नेपाल मगर सघमा आबद्ध मगरहरु र मगरात बासी उत्पिडीत जनताहरुको सहभागिता रहेको यस समितिको सदस्य सचिवको भूमिका नेपाल मगर सघको महासचिव ज्ञानेन्द्र पुनमगरले गर्नु भएकाे थियाे । समाजवादी मगर संघकाे केन्द्रिय अध्यक्ष बाेम दर्लामीमगरले नेतृत्व गर्ने यस समितिमा मन्चको सबै घटक सङ्गठन बाट ५/५ जना सदस्य हरू र मगरात निवासी अन्य गैर मगर जातिय सस्था हरु र अन्य समुदाय हरूकाे समेत प्रतिनिधीत्व रहने समितिकाे सचिवालयकाे भूमिका भने नेपाल मगर संघले गर्ने छ ।
यस समितिकाे नेतृत्व गर्ने समाजवादी मगर सघ सहित सबैलाई नेपाल मगर संघ केन्द्रिय समितीले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको छ।


तपाइलेDigital currency exchangers

यो पनी पढौ:युवाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन? यसबाट बच्न के गर्नुपर्छ? चेतनामुलक कार्यक्रमबारे महत्त्वपूर्ण सूचना
भ्रम नछरियोस्,मैले अध्यक्ष कमरेड ‘प्रचण्ड’को आलोचना गरेको छैन, त्यो दूराशययुक्त समाचार हो।’ भिम रावल
उपत्यकामा ६ सहित देशभर १३९ जना कोरोना,कुल संक्रमितको संख्या १८,७५२ जना पुग्यो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्षतामा वैठक सुरु



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar