गृहको कडानिर्देशन प्रमुख जिल्ला अधिकारीहरुलाइ,’ कोभिड -१९’ सुरक्षा मापदण्ड अनुगमन टोली बनाएर साप्ताहिक कार्य प्रगति पठाऊ


काठमाडौं । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागी सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनुगमन गर्न अनुगमन टोली  परिचालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्य मापदण्ड  र गृहले जारी गरेको सुरक्षा मापदण्ड अनुगमन गर्न टोली परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

जोर विजोर प्रणाली, आवागमनको लागि तोकिएका सवारी साधनको अवस्था, भौतिक दुरीको पालना र मास्कको प्रयोगबारे अनुगमन गर्न टोली परिचालन गरिएको हो । त्यस्तो टोली काठमाडौंमा ५ वटा, ललितपुर र भक्तपुरमा ४–४ वटा परिचालन गरिएको छ । उपत्यका बाहेक अन्य जिल्लामा पनि अनुगमन टोली बनाएर साप्ताहिक कार्य प्रगति पठाउन गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

प्रहरीले मास्क प्रयोग नगर्ने २५ हजार २०७ जनालाई १ सय रुपैयाँको दरले जरिवाना गरेको छ । लकडाउनपछि मास्क प्रयोग नगरी हिड्ने ४ लाख १९ हजारलाई नियन्त्रणमा लिएर ३ लाख ५४ हजाराई संझाई बुझाई छाडिएको छ।

मास्क नलगाई हिँड्ने ३९ हजारलाई मास्क वितरण गरेको बताइएको छ ।अनुमतीबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधनलाई नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ । 
गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिको पूण पाठः–

तपाइलेDigital currency exchangers

यो पनी पढौ:विहिवार थप कोरोना ५२५ जना,२४,९५७ जना पुग्यो भने मृत्यु हुनेको संख्या ९५ जना पुग्यो।
गृह मन्त्रालयको कडा निर्देशन: मातहतको निकायलाइ जोर विजोर प्रणाली र माक्स लगाउने कार्यलाइ कडा गर
थप राम्रो काम गर्न मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन मगर ‘अनन्त’ कडा निर्देशन



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar