कोरोना भाइरसवाट थप १ जना महिलाको मृत्यु, मृत्यु हुनेको संख्या १० जना पुग्यो


भक्तपुर । मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

ती महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि यही भदौ ३ गते अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

मृतक महिलाका श्रीमानसहित परिवारका अन्य दुई जनामा पनि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा राखिएको बताइएको छ ।

योसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुने १० जना पुगेका छन् । तीमध्ये पाँच मध्यपुरथिमि, चार सूर्यविनायक र एक जना भक्तपुर नगरपालिकाका हुन् ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:देशैभर कोरोना भाइरसवाट ६ जनाको मृत्यु, मृतकको संख्या २५७ जना पुग्यो।
डलर खेती होइन आदिवासी जनजाती आन्दोलन
भक्तपुरमा ४२ जना ,ललितपुर ४६ जना,काठमाण्डौमा ३५७ जाना सहित काठमाण्डौ उपत्यकामा ४४५ जाना कोरोना पुष्टी
देशैभर कोरोना भाइरसवाट ६ जनाको मृत्यु, मृतकको संख्या २५७ जना पुग्यो।



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar