देशैभर कोरोना भाइरसवाट ६ जनाको मृत्यु, मृतकको संख्या २५७ जना पुग्यो।


कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार नेपालमा यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो।

योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ। मृत्यु हुनेहरूमध्ये ४ जना महिला छन्।

प्रवक्ता गौतमका अनुसार महिलाहरू चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रूपन्देहीकी ७७ वर्षीया छन्।त्यस्तै, अन्य दुई जना सिन्धुपाल्चोकका ७७ वर्षीय र रूपन्देहीका ६५ वर्षीय पुरूष छन्।

पछिल्लो २४ घण्टामा १ हजार २ सय २८ जना संक्रमित थपिएका छन्।जसमध्ये काठमाडौं उपत्यकामामात्रै ४ सय ४५ जना छन्। कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।त्यस्तै २४ घण्टामा ९ सय १७ जना निको भई घर फर्किएका छन्। कुल निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:भक्तपुरमा ४२ जना ,ललितपुर ४६ जना,काठमाण्डौमा ३५७ जाना सहित काठमाण्डौ उपत्यकामा ४४५ जाना कोरोना पुष्टी
देशैभर थप कोरोना १२२८ जना,थप मृत्यु ६ जना,कुल संक्रमितको संख्या ४२,८७७ जना पुग्यो
डलर खेती होइन आदिवासी जनजाती आन्दोलन
देशैभर १२ जनाको मृत्यु,मृतको संख्या २५१ जना पुग्यो।
दर्शन,वर्गसंघर्ष र सामाजीक क्रान्तीको सम्बन्ध अध्यक्ष प्रचण्ड



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar