राम जर्घा मगर भन्ने नर बहादुर जर्घा मगरद्वारा मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ मगरात प्रदेश ५ समितिमी गम्भिर ध्यानाकर्षण


वुटवल:राम जर्घा मगर भन्ने नर बहादुर जर्घा मगरद्वारा सञ्चाली मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ मगरात प्रदेश ५ समितिमीले कडा स्व: घोषित, अवैधानिक, र नितान्त व्यक्तिगत स्वार्थको लागि सिंगो समुदाय लाई नै भ्रममा पार्ने, विभाजन ल्याउने कथित मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ मगरात प्रदेश ५ समितिमी गम्भिर ध्यानाकर्षण भएको छ।
ध्यानाकर्षण गराउदौ भनिएको छ,नेपाल मगर संघले उठाउँदै आएको मुद्दा एजेन्डाहरु गणतन्त्र, जातीय पहिचान र स्वायत्तता सहितको संघीयता, धार्मीक स्वतन्त्रता, धर्म निरपक्षता, जातीय जनसंखयाको आधारमा पूर्ण समानपातिक समावेशी, अर्थपूर्ण सहभागिता, सामाजिक सद्भाव यसका मुख्य एजण्डा हुन भने , मगरात हाम्रो साझा पहिचान हो र गन्तव्य हो। त्यसैलेयसको स्थापना काल देखिनै आफ्नो समुदायमा भएको विभेद्को विरुद्धमा पटक-पटक एकल जातीय राज्यलाई चुनौती दिँदै आएको कुरा सर्ववदितै छ । यसको निमित्त हाम्रा, पुर्खाहरुलाई नमन् र सम्मान नगरी हामी अन्याय गर्न सक्दैनौं।घरमा हुन्छ या समाजमा , राज्यमा होस् या संघ संस्था पार्टीमा हामी विधि विधान , नियम र कानन अनुसार चल्नु पर्छ र चल्छौं । त्यो भन्दा बाहिरबाट गरिने सबै कृयकलापहरु अवैधानिक, अपराधिक, अराजक हुन्छ र दण्डनीय पनि ।
हामीलाई थाह छ हामीले यो संघले उठाएका मुद्दा राज्य ले पूरा गरेको छैन ।
हामी सबै मिलेर राज्य संग संघर्ष गर्ने बेलामा, कसैको उसाहटमा लागेर सिंगो मगर समुदायलाई भ्रममा पार्ने, विभाजन गर्ने, दाई भाई बीचमा तिक्तता ल्याउने गरी व्यक्तिगत धन्दाको लागि कथित मगरात संघर्ष समिति बनाएर (अन्तत्वगत्वा) आखिरमा मगरात आन्दोलनलाई नै तुहाउने, समाप्त पार्ने अतिबादीहरुको मोहरा ( गोटी) बनेर उनीहरूको जाल भित्र परेर हाम्रै रगत,( राम जार्घा उर्फ नर बहादुर जरघा जी त्यसको भूमिका निर्वाह गर्नु भएको प्रति नेपाल मगर संघ मगरात प्रदेश न ५ समितिको गम्भीर ध्यानाकर्षण भएको छ। त्यस्ता खालका उच्छिङ्गखलका गतिविधिहरु तत्काल बन्द गरी मगरात भूमि प्राप्तिको लागि चिन्ता र चासो छ भने यही मगरात भूमिमा आएर संघर्ष गर्नको लागी समेत नेपाल मगर संघ, मगरात प्रदेश नं ५ अध्यक्ष विमल सारुमगरले अनुरोध गर्नुभएको छ।
पहिचान र मगरात एक व्यक्तिको मात्रै हुनै सक्दैन,के हाम्रा पुर्खाहरूको कुनै योग्दान छैन? के केन्द्रीय समितिको कुनै योग्दान छैन? जब देखि प्रदेश समिति बन्यो तब देखि प्रदेशले गरेको संघर्ष आन्दोलन केही होइन? नेपाल मगर संघ, मगरात प्रदेश नं ५ अध्यक्ष विमल सारुमगरले प्रश्न गर्नुभएको छ।
नेपाल मगर संघ, मगरात प्रदेश नं ५ अध्यक्ष विमल सारुमगरले भ‌न्नुभएको छ,यसलाई टुङ्गोमा पुर्‍याउन एक्लै व्यक्तिले सक्दैन । त्यसको निमित्त फुटेर होइन। सिंगो मगर संघ लाई गाली गरेर होइन । भाइ-भाइ लाई अपमान गरेर होइन मिलेर जुटेर आउनुहोस। साँच्चै मगरातको चिन्ता छ भने काम गर्नुस् मगरात भूमिमा आएर भन्नुभएको छ।अध्यक्ष सारु मगरले मगरात मुद्दा नेपाल मगर संघले अलिकति पनि विचलित नभई निरन्तर अगाडि बढाको कुरा सहर्ष जानकारी गराउँनुभएको छ।

यस्तो छ प्रेस विज्ञप्ति

गम्भीर ध्यानाकर्षण भएकोबारे एक प्रेस विज्ञप्ति जारि गर्दै भनिएको छ।स्व: घोषित, अवैधानिक र नितान्त व्यक्तिगत स्वार्थको लागि सिंगो समुदायलाई नै भ्रममा पार्ने, विभाजन ल्याउने कथित मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ मगरात प्रदेश ५ समितिमी गम्भिर ध्यानाकर्षण भएको छ।
गम्भीर ध्यानाकर्षण भएकोवारे: आदरणिय तपाईं सम्पूर्ण ।
तीसौं लाख मगरहरूको गौरवशाली साझा घर, साझा सामाजिक संस्था नेपाल मगर संघ हो भन्ने कुरा हामी सबैलाई अगबत नै छ । यसको आफ्नै एतिहासिक विरासत, इतिहास, पहिचान, सिद्धान्त, मूल्य- मान्यता, विधि र विधान छ । त्यसमा यो संघ दरिलो संग उभिएको छ। हाम्रा पुर्खाहरूको संघर्ष, बलिदान र देश निर्मणमा गरेको त्यागले हामीलाई गर्वले प्रफुल्लित हुन प्रेरित गरिरहेको हुन्छ।
नेपाल मगर संघले उठाउँदै आएको मुद्दा एजेन्डाहरु गणतन्त्र, जातीय पहिचान र स्वायत्तता सहितको संघीयता, धार्मीक स्वतन्त्रता, धर्म निरपक्षता, जातीय जनसंखयाको आधारमा पूर्ण समानपातिक समावेशी, अर्थपूर्ण सहभागिता, सामाजिक सद्भाव यसका मुख्य एजण्डा हुन भने , मगरात हाम्रो साझा पहिचान हो र गन्तव्य हो।
यसको स्थापना काल देखिनै आफ्नो समुदायमा भएको विभेद्को विरुद्धमा पटक-पटक एकल जातीय राज्यलाई चुनौती दिँदै आएको कुरा सर्ववदितै छ । यसको निमित्त हाम्रा, पुर्खाहरुलाई नमन् र सम्मान नगरी हामी अन्याय गर्न सक्दैनौं।घरमा हुन्छ या समाजमा , राज्यमा होस् या संघ संस्था पार्टीमा हामी विधि विधान , नियम र कानन अनुसार चल्नु पर्छ र चल्छौं । त्यो भन्दा बाहिरबाट गरिने सबै कृयकलापहरु अवैधानिक, अपराधिक, अराजक हुन्छ र दण्डनीय पनि ।
हामीलाई थाह छ हामीले यो संघले उठाएका मुद्दा राज्यले पूरा गरेको छैन ।
हामी सबै मिलेर राज्य संग संघर्ष गर्ने बेलामा, कसैको उसाहट मा लागेर सिंगो मगर समुदाय लाई भ्रममा पार्ने, विभाजन गर्ने, दाई भाई बीचमा तिक्तता ल्याउने गरी व्यक्तिगत धन्दाको लागि कथित मगरात संघर्ष समिति बनाएर (अन्तत्वगत्वा) आखिरमा मगरात आन्दोलनलाई नै तुहाउने, समाप्त पार्ने अतिबादीहरुको मोहरा ( गोटी) बनेर उनीहरूको जाल भित्र परेर हाम्रै रगत,( राम जार्घा उर्फ नर बहादुर जरघा जी त्यसको भूमिका निर्वाह गर्नु भएको प्रति नेपाल मगर संघ मगरात प्रदेश न ५ समितिको गम्भीर ध्यानाकर्षण भएको छ। त्यस्ता खालका उच्छिङ्गखलका गतिविधिहरु तत्काल बन्द गरी मगरात भूमि प्राप्तिको लागि चिन्ता र चासो छ भने यही मगरात भूमिमा आएर संघर्ष गर्नको अनुरोध गर्दछौं।
पहिचान र मगरात एक व्यक्तिको मात्रै हुनै सक्दैन,के हाम्रा पुर्खाहरूको कुनै योग्दान छैन? के केन्द्रीय समितिको कुनै योग्दान छैन? जब देखि प्रदेश समिति बन्यो तब देखि प्रदेशले गरेको संघर्ष आन्दोलन केही होइन? म प्रश्न गर्न चाहान्छु।

प्रदेश समितिले मगरात प्राप्तिको लागि के-के गर्यो यही page नेपाल मगर संघ, मगरात प्रदेश नं ५ समिति मा हेर्नुको लागि अनुरोध छ । तथापि यो पूर्ण छैन । यसलाई टुङ्गोमा पुर्याउन एक्लै व्यक्तिले सक्दैन । त्यसको निमित्त फुटेर होइन। सिंगो मगर संघ लाई गाली गरेर होइन । भाइ-भाइ लाई अपमान गरेर होइन मिलेर जुटेर आउनुहोस। साँच्चै मगरातको चिन्ता छ भने काम गर्नुस् मगरात भूमिमा आएर।

तसर्थ तपाईं सम्पूर्ण आदरणिय मगर समुदयहरुमा नेपाल मगर संघ मगरात प्रदेश समिति विनम्र अनुरोध गर्दछ। की कुनैबएक व्यक्तिको अराजकता र भ्रममा नपर्नहुन हार्दिक अपिल अनुरोध गर्दछौं।
मगरात मुद्दा नेपाल मगर संघले अलिकति पनि विचलित नभई निरन्तर अगाडि बढाको कुरा सहर्ष जानकारी गराउँदछौं। साथै नेपाल मगर संघर्ष भन्दा बाहिरबाट गरिएका कुनै पनि क्रियाकलाप जिम्मेवारी पनि सो व्यक्ति नै हुने छ। र राम जर्घा मगर द्वारा संचालित मगरात संघर्ष समिति पुरै अवैधानिक रहेको कुरा तपाईं समक्ष जानकारी गराउँदछौं । साथै
मगरात संघर्ष केन्द्रीय समिति बोम दर्लामी मगर जिको संयोजकत्वमा रहेको कुरा जानाकारी गरादछौं।
विमल सारुमगर
अध्यक्ष
नेपाल मगर संघ, मगरात प्रदेश नं ५ समिति।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रधानमन्त्री चन्द्र शम्शेरद्वारा १९६१ मा स्थापित भक‌पुर अस्पतालमा ११६ वर्षपछी आइसियू सेवा
देशैभर थप मृत्यु १४ जना, कुलमृतकको संख्या २७१ जना पुग्यो
देशैभर थप कोरोना १,३५९ जना, पुग्यो कुलसंक्रमित ४४,२३६ जना
थप कोरोना भक्तपुर ३६ जना,ललितपुर ३२ जना,काठमाण्डौ ३८६ जना गरी काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित
देशैभर थप कोरोना १२२८ जना,थप मृत्यु ६ जना,कुल संक्रमितको संख्या ४२,८७७ जना पुग्यो



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar