गृहमन्त्रालय कडा निर्देशन, बोक्सी र छुवाछुतकप आरोपमा अमानविय क्रियाकलाप रोक्नु


चितवन : गृहमन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ । तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि हुने गरेको पाइएको भन्दै मन्त्रालय त्यस्ता कार्य रोक्न र दोषीलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको हो ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै मातहतका निकायमार्फत त्यस्ता गतिविधि विरुद्ध आवश्यक कारबाही अघि बढाउन र त्यसको कार्यप्रगति मन्त्रालयमा पठाउन भनेको छ ।

समाजमा घट्न सक्ने कुनै पनि घटनाका सम्बन्धमा पूर्व सूचना लिई अवाञ्छित गतिविधि हुन नदिन र घटना घटेमा तथ्यगत विष्लेषण गरी कानुन अनुसार कारवाही गर्न, दण्डनीय हुने फौजदारी कसुरका विषयमा मेलमिलाप नगराउन तथा प्रहरी कार्यालयमा कुनै छलफल र पञ्चायती नगर्न समेत भनेको छ ।

परम्पराको नाममा हुने अन्धविश्वास, रुढीबादी संस्कृतिका विरुद्धमा स्थानीय न्यायिक समिति, सम्बन्धित निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी वृहत सचेतना अभियान सञ्चालन गर्नसमेत मन्त्रालयले मातहतका निकायलाई आग्रह गरेको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:देशैभर १४९७ कोरोना संक्रमित कुल संक्रमीतको संख्या ६९,३०१ जना पुग्यो
हुम्लाको नेपाल -चिन सिमा क्षेत्रमा ११ नम्वरको सीमास्तम्भ(जङ्गे पिलर) भेटीयो
राम मगरले गरिरहेको अराजक गतिविधी तुरुन्त रोक्न,नैतिकता, अनुशासनको दायरामा आत्मालोचित हुन नेपाल मगर संघ ( गण्डकी) मगरात प्रदेशको आग्रह
नेकपा सचिवालय वैठक: मन्त्री मण्डल पुनर्गठन हुने निश्चित मापदण्डवारे छलफल
संविधान दिवसमा अध्यक्ष प्रचण्डको प्रतिवद्धता:देशको जनताको अपेक्षाअनुसार विकास परियोजना :पार्टी एकता नयाशिरावाट अघिवढ्नेछन्


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar