हुम्लाको नेपाल -चिन सिमा क्षेत्रमा ११ नम्वरको सीमास्तम्भ(जङ्गे पिलर) भेटीयो


काठमाण्डौ, ८ असोज । नेपाल–चीन सीमा क्षेत्रको ११ नम्बर सीमास्तम्भ (पिलर) भेटिएको छ । नेपाल र उत्तरी छिमेकी देश चीन बीचको सिमानामा राखिएको ११ नम्बरको सीमास्तम्भ भेटिएको हो ।

हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) ले प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले सीमा स्तम्भ भेटिएको जानकारी दिएको बताए । सीमास्तम्भ नाम्खा गाउँपालिका वडा ६ को टाकुलेमा पर्छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार सीमास्तम्भ फेला पारेको हो ।

‘सीडीओसहित नेपाली सेनाको सात, शसस्त्र प्रहरीको १४ जना गरी झण्डै २४/२५ जनाको टोली टाकुले पुगेको थियो’, गाउँपालिका अध्यक्ष तामाङले भने ‘टोलीले ११ नम्बर सीमास्तम्भ भेटिएको भनेको छ ।’ सीमा स्तम्भ खोज्न टोली आइतबार त्यसतर्फ लागेको थियो । तीन दिन लगाएर खोजी गरेपछि सीमास्तम्भ भेटिएको पनि उनले जानकारी दिए ।

‘सीमा भेटिएको गाउँपालिकाको म आफै अध्यक्ष हो, टोलीमा जाँदा म पनि सँगै थिएँ तर बीचमा गाउँपालिकाको कामले यतै रोकिए, अरु जानकारी पछि आउला’, उनले भने। हुम्लाको लिमी गाउँका बासिन्दाले नाम्खा गाउँपालिका ६ को लाप्चामा चिनियाँ पक्षले भवन बनाएको र नेपालीले पहिला चौँरी चराउने ठाउँमा अहिले जान अवरोध गरेको गुनासोसहित समाचार आएको थियो । यो गुनासोपछि सीमा स्तम्भ खोज्न गएको प्रमुख जिल्ला अधिकारी गिरीसहितको टोली फर्किएको छ । शुक्रबारसम्ममा सदरमुकाम सिमीकोट आइपुग्नेछ ।

सिमीकोटबाट लाप्चा झन्डै एक सय पाँच किलोमिटरको दुरीमा पर्छ । सरकारले चीनसँग कुनै सीमा विवाद नभएको र चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताएका हुन्। लिमी उपत्यकामा जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको र टोलीले थप तथ्यहरु ल्याउने समेत उनले बताए।

मन्त्री ज्ञवालीले भने, ‘२०७३ सालमा पनि यस्तै समाचार सार्वजनिक भएको रहेछ । त्यति बेला अन्तर मन्त्रालय छानबिन समिति (गृह, परराष्ट्र र नापी) को टिमले स्थलगत अध्ययन गरेर एक किलोमिटर चिनियाँ भूमिभित्रै बनेको प्रतिवेदन तयार भएको थियो । अहिले त्यही ठाउँमा नै बनाएको जानकारी प्राप्त भएको छ । सीमा समस्या छैनन् । देखा परे पनि सौहार्दपूर्ण तरिकाले वार्ता गर्ने कुरा छँदैछ । स्थलगत अध्ययनमा गएको टोली फर्केपछि थप तथ्यहरु सार्वजनिक हुनेछन् ।’
तपाइलेDigital currency exchangers

यो पनी पढौ:एसपी रविराज र डिएसपी ज्ञानकुमार महतोसहितको प्रहरीलाइ कारवाही गर्न गृहको नि‌र्देशन
भक्तपुर सुर्यविनायक घलातेमा दुर्घटनावाट १कप मृत्यु, २ जना घाइते
राम मगरले गरिरहेको अराजक गतिविधी तुरुन्त रोक्न,नैतिकता, अनुशासनको दायरामा आत्मालोचित हुन नेपाल मगर संघ ( गण्डकी) मगरात प्रदेशको आग्रह
नेकपाको अन्तरपार्टी कडा निर्देशन-५, हेर्नुहोस पर्णपाठ


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar