दसैँ बिदामा जिल्ला नछाड्न सिडिओ र सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को कडा निर्देशन


काठमाडौं-माननिय गृहमन्त्री रामबहादुर थापा मगर (बादल)ले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले दसैँ बिदामा जिल्ला छोड्न नपाउने भएका छन्। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै दसैँको बिदाका समयमा पनि जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइएको जानकारी गराएको हो।

‘दसैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपायहरू अवलम्बन गर्न/गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ,’ गृहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

कोभिड-१९ को संक्रमण नेपालमा तिव्ररूपमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौति थपिएको भन्दै मन्त्रालयले यस्तो निर्देशन गरेको हो। चाडपर्वमा मानिसहरूको आवतजावत बढ्ने हुँदा संक्रमण थप बढ्न सक्ने जोखिम रहेको मन्त्रालयको आँकलन छ। यसका साथै मन्त्रालयले आम नागरिकमा पनि आफू भएकै स्थानमा दसैँ मनाउन आग्रह गरेको छ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पनि पालना गर्न मन्त्रालयको अनुरोध छ। 

यस्तै चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई लागू गरिएको समेत मन्त्रालयले बताएको छ। झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन गर्न नदिने मन्त्रालयको भनाइ छ। कालो बजारी नियन्त्रण गर्न बजार अनुगमन गर्न समेत मातहतका निकायमा निर्देशन भइसकेको मन्त्रालयले बताएको छ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar