अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई जन्माउने ऐतिहासिक मगरात वस्ति रोल्पामा आगामी १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुने


काठमाण्डौ: अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई जन्माउने ऐतिहासिक मगरात वस्ति रोल्पा लिबाङमामा नेपाल मगर संघ केन्द्रीय समितिको १२ औ राष्ट्रीय महादिवेशन २०७७ फागुन १५-१८ गते सम्पन्न हुने भएको छ।

नेपाल मगर सघ केन्द्रीय समितिको १२ औ राष्ट्रीय महादिवेशन २०७७ फागुन १५-१८ गते, रोल्पा लिबाङमा गर्ने निर्णय गरेको जानकारी नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष नविन रोका मगरले मगरात नेपाल डटकमलाइ जानकारि दिनुभएको छ।
नेपाल मगर संघ केन्द्रीय समितिको १५ औं नियमित पूर्ण बैठक भच्र्युअल माध्यमबाट बसी समितिको १२ औं राष्ट्रिय महाधिवेशन २०७७ फागुन १५ देखि १८ गते सम्म मगरात–लुम्बिनी प्रदेशको रोल्पा लिबाङमा गर्ने निर्णय गरिएको परिपत्रमा उल्लेख गर्नुभएको छ।

नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु नेता अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर नविन रोका मगरले नेपाल मगर सघ केन्द्रीय समिति को १५औ नियमित पुर्ण बैठ्कको केही महत्वपुर्ण निर्णयहरुमा नेपाल मगर संघले देशै भरिको मगरहरुको आन्तरिक जनगणना गर्ने र राष्ट्रीय जनगणना मा सकृय रुपमा सहभागी हुने निर्णय गरिएको छ । राष्ट्रीय जनगणना गर्दा मगरहरुले धर्म को महलमा धर्म निरपेक्षतालाई आत्मसात् गर्दै “बौद्ध” वा “प्रकृति” लेख्ने निर्णय भएको समेत वताउनुभएको छ।
साथै नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष नविन रोका मगरको अध्यक्षता वसेको वैठकले मगरात आन्दोलन र मगर सवाल सम्बन्धमा मुलुकको वर्तमान राजनैतिक परिवेश र मगर समुदायको अबस्थालाई आत्मसात् गर्दै नया ढङ्गले मगरात आन्दोलन र मगर सवाललाई राज्य द्वारा स्थापित गराउन हरेक तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व गराउदै, जागरण, सचेतना, सघमा गोलबन्द गराउने आवश्यक नया रणनितिक योजना बनाई कृयाशिल हुने निर्णय गरिएको छ।
नेपाल मगर सघ केन्द्रीय समिति को १५औ नियमित पुर्ण बैठ्कको केही महत्वपुर्ण निर्णयहरु :

१) १२औ राष्ट्रीय महाधिवेशन सम्बन्धमा !
नेपाल मगर सघ केन्द्रीय समितिको १२ औ राष्ट्रीय महादिवेशन २०७७ फागुन १५-१८ गते, रोल्पा लिबाङमा गर्ने निर्णय गरेको छ ।

२) मगर गणना र राष्ट्रीय जनगणना सम्बन्धमा !
नेपाल मगर सघले देशै भरिको मगरहरुको आन्तरिक जनगणना गर्ने र राष्ट्रीय जनगणना मा सकृय रुपमा सहभागी हुने निर्णय गरिएको छ । राष्ट्रीय जनगणना गर्दा मगरहरुले धर्म को महलमा धर्म निरपेक्षतालाई आत्मसात् गर्दै “बौद्ध” वा “प्रकृति” लेख्ने निर्णय भएको छ ।

३) मगरात आन्दोलन र मगर सवाल सम्बन्धमा !
मुलुकको वर्तमान राजनैतिक परिवेश र मगर समुदायको अबस्थालाई आत्मसात् गर्दै नया ढङ्गले मगरात आन्दोलन र मगर सवाललाई राज्य द्वारा स्थापित गराउन हरेक तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व गराउदै, जागरण, सचेतना, संघमा गोलबन्द गराउने आवश्यक नया रणनितिक योजना बनाई कृयाशिल हुने निर्णय गरिएको छ ।

उक्त महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नवीन रोकामगरको संयोजकत्वमा केन्द्रीय समितिको सबै पदाधिकारीहरु, सदस्यहरु, भातृसस्थाको अध्यक्षहरु, बैदेशिक शाखाको अध्यक्षहरु, प्रदेश समितिको अध्यक्षहरु र जिल्ला समितिको अध्यक्षहरु सदस्य रहने गरि १२ औं राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।

त्यसैगरि, महाधिवेशनको सम्पूर्ण व्यवस्थापन गर्नका लागि नेपाल मगर संघ प्रदेश नं.५ (मगरात–लुम्बिनी प्रदेश) इन्चार्ज तथा केन्द्रीय सदस्य धनबहादुर पुनमगरको संयोजकत्वमा मूल व्यवस्थापन समिति, नेपाल मगर संघ केन्द्रीय समितिको सल्लाहकारहरु लंकमान रोकामगर, मानबहादुर बुढामगर, दिलबहादुर थापामगर, कृष्ण मगर सल्लाहकार रहने गरि कोषाध्यक्ष कमला थापामगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, संगठन सचिव जगतबहादुर रेश्मीमगरको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन समिति गठन गरेको छ ।

त्यस्तै, महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदन तयारी समितिहरु समेत गठन गरिएको छ । जसमध्ये अध्यक्ष नवीन रोकामगरको संयोजकत्वमा भावी कार्यदिशा प्रतिवेदन तयारी समिति, महासचिव ज्ञानेन्द्र पुनमगरको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति, सचिव अधिवक्ता रक्षाबहादुर रैकामगरको संयोजकत्वमा विधान संशोधन मस्यौदा तयारी समिति, कोषाध्यक्ष कमला थापामगरको संयोजकत्वमा आर्थिक प्रतिवेदन तयारी समिति गठन गरेको छ ।

भाषा लिपि प्रगति प्रतिवेदन तयारी समितिको जिम्मा भने भाषिक उपाध्यक्षहरु दलबहादुर बिरकट्टामगर, पूर्णबहादुर घर्तीमगर र भिम रोकाय मगरलाई क्रमश मगर ढुट, मगर खाम पाङ र मगर काईके मा दिईएको छ ।

महाधिवेशनका लागि महिला उपाध्यक्ष गंगा खासुमगरको संयोजकत्वमा अतिथि सत्कार समिति, संचार सचिव खड्ग बुढामगरको संयोजकत्वमा प्रचार प्रसार तथा प्रकाशन समिति, नेपाल मगर युवा संघ इन्चार्ज अशोक सारुमगर इन्चार्ज रहेको स्वमसेवक व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

केन्द्रीय समितिको संस्थापक महासचिव तथा वर्तमान सल्लाहकार सुरेश आलेमगरको संयोजकत्वमा, पुर्व अध्यक्षहरु सल्लाहकार रहने गरि ११ सदस्यीय संरक्षक तथा सल्लाहकारहरुको अध्यक्ष मण्डल तथा निर्वाचन समिति गठन गर्दै बैठकले प्रतिनिधि शुल्क दायित्व, साँगठनिक अध्यावधिक सम्बन्धमा समेत निर्णय लिएको छ ।

त्यसैगरि, १५ औं नियमित पूर्ण भच्र्युअल बैठकले, आगामी जनगणना २०७८ सम्बन्धमा आगामी जनगणनामा सवै मगरहरुले जात⁄जातिमा मगर अनिवार्यरुपमा लेखाउने, पहिलो भाषा (मातृभाषा) मा आ–आफ्नो भुगोलमा बोलिने मगर ढुट, मगर खाम⁄पाङ र मगर काइके स्पस्टसंग लेखाउने साथै मगरहरुले आफ्नो धार्मिक स्वतन्त्रता हुने तर सामाजिक धर्मको रुपमा आगामी २०७८ को राष्ट्रिय जनगणनामा धर्मको महलमा “प्रकृति” वा “बुद्ध” लेखाउने निर्णय गरेको छ ।

सरकारबाट गरिने जनगणनामा मगरहरुको संख्या चित्तबुभ्mदो नदेखाइएको हुनाले मगर समुदायको गणना मगरले नै गर्ने निर्णय गरिएको छ । नेपाल मगर संघको वडा, टोल, प्रारम्भिक समितिहरुबाट गणना गर्नका लागि एक वडामा कम्तिमा १ जना मगर गणक नियुक्त गरि मगर गणना गरि आ आफ्नो गाउँपालिका वा नगरपालिका समितिमा बुझाउने निर्णय गरिएको छ । जसको लागि मगरको आन्तरिक गणना गर्ने र नेपाल सरकारको राष्ट्रिय जनगणना २०७८ मा सहभागिताको रणनीति बनाउनका लागि संघको केन्द्रीय अध्यक्ष नबीन रोकामगरको संयोजकत्वमा एक विशेष समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

बैकठका अन्य निर्णयहरुमा नेपाल मगर संघमा आवद्ध मगरहरुलाई मगरहरुको विविध पक्षहरुको बारेमा आधारभूत प्रशिक्षण, मगर मुद्दाहरुको बारेमा प्रशिक्षण, मगरहरुको इतिहास, भाषा, सस्कार सस्कृति, भूगोल आदिको बारेमा प्रशिक्षण दिई निपूर्ण बनाउदै बुझाई र गराईमा एकरुपता ल्याउन र योग्य मगर लिडरको उत्पादन गर्नका लागि नेपाल मगर संघले स्कूल अफ मगर लिडर सञ्चालन गर्ने निर्णय समेत लिएको छ ।

अन्य निर्णयहरुमा प्रा.डा. केशरजंग बरालमगरको संयोजकत्वमा मगरात प्रज्ञा प्रतिष्ठान ९ःबनबचबत ब्अबमझथ, अध्यक्ष नबीन रोकामगरको संयोजकत्वमा मगर संस्कार विधी दस्तावेजीकरण, नेपालको प्रथम सहिद लखन थापामगर सम्बन्धमा लखन थापामगर स्मृति शिक्षालयलाई सञ्चालन गर्ने निर्णय गरिएको छ ।

नेपाल मगर संघको सबै तहको कार्यालयहरुमा प्रथम सहिद लखन थापामगर, संघको संस्थापक अध्यक्ष र वर्तमान अध्यक्षको तस्वीर राख्ने त्यसैगरि मगर समुदायबाट राज्यको अति विशिष्ट पद (सम्माननीय) मा पुग्न उपराष्ट्रपति नन्दबहादुर पुनमगर र सभामुख ओनसरी घर्तीमगर र नेपालको आदिवासी जनजातिहरुलाई एकतावद्ध गर्दै आदिवासी जनजाति महासंघमा गोलबन्द गर्न एतिहासिक भूमिका निर्वाह गर्दै महासंघको संस्थापक प्रमुख भएर कार्य गर्नुभएकोमा नेपाल मगर संघ केन्द्रीय समितिको संस्थापक महासचिव सुरेश आलेमगरको तस्वीर केन्द्रीय कार्यालयमा राख्ने जस्ता निर्णयहरु समेत गरिएका छन् भने ऐतिहासिक मगरात भूगोल रहेको ४, ५ र ६ नम्बर प्रदेशको राजधानीहरुमा संघको प्रदेश इन्चार्जको नेतृत्वमा सोही प्रदेश भित्रका केन्द्रीय सदस्यहरु र पदेन सदस्यहरु क्रियाशिल भई नेपाल मगर संघ केन्द्रीय समितिको संम्पर्क कार्यालय स्थापना गरि सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

साथै, नेपाल मगर संघ केन्द्रीय समितिको पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक झकबहादुर थापामगर पेटमा प्रारम्भिक क्यान्सर भई निरन्तर उपचार गरिरहनु भएको र उहाँको उपचार अत्यन्तै खर्चिलो भएकाले नेपाल मगर संघ केन्द्रीय समिति मार्फत आर्थिक सहयोगको लागि समेत आव्हान गरिएको छ ।

त्यसैगरि, सम्पन्न बैठकमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीबाट सजक र सचेत हुनुपर्ने भएको हुनाले केन्द्रीय समितिको नियमित पूर्ण बैठकहरु, सचिवालयको बैंठकहरु बस्न नसक्ने हुदा अर्को पूर्ण बैंठक नबसिन्जेल सम्मका लागि सम्पूर्ण कार्यका लागि आवश्यक पर्ने निर्णयहरु गर्ने अख्तियारी केन्द्रीय कार्यालय परिषद्लाई दिने लगायतका विविध प्रस्तावहरु माथि निर्णय गरिएको समेत अध्यक्ष नविन रोका मगर र महासचिव ज्ञानेन्द्र पुन मगरद्धारा हस्ताक्षरित परिपत्र मार्पmत जानकारी गराईएको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई जन्माउने ऐतिहासिक मगरात वस्ति रोल्पामा आगामी १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुने
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar