नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु यस्तो छ,वैठकको महत्वपुर्ण एजेण्डा


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा पार्टीमा देखिएको विवादका विषयमा छलफल हुनेछ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा हुने र अन्य विभिन्न विषयमा छलफल हुने जानकारी दिएका छन् ।

कर्णालीका मुख्यमन्त्रीविरुद्ध दार्ता भएको अविश्वासको प्रस्ताव, पर्सामा नेकपा गाउँपालिका सचिवको हत्या, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुखसँग गरेको भेटवार्ता, कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहललगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा महासचिव विष्णु पौडेलले आजका लागि बैठक बोलाएका हुन् ।

अध्यक्ष ओलीले लामो समयदेखि बैठक बोलाउन अस्वीकार गरेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । कार्यकारी अध्यक्ष प्रचण्डले आफूले कार्यकारी अधिकारको प्रयोग गरेर बैठक बोलाउने तयारी गरेपछि ओली बैठक बोलाउन सहमत भएका थिए ।

नेकपाभित्रको विवाद बढ्दै गएपछि आजको बैठकमा लागि दुबै पक्षले आआफ्नो तयारी गरेका छन् । ओलीले आफू निकट नेताहरुसँग निरन्तर छलफल गरेका छन् भने प्रचण्डले पनि आफू निकट नेतासँग परामर्स गरेका छन् ।

प्रचण्डसहितका नेताहरुले अध्यक्ष ओलीले भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नगरेर विगतको सहमति उल्लंघन गरेको आरोप लगाएका छन् भने ओलीले प्रचण्डसहितका नेताले आफूविरुद्ध गुटबन्दी गरेको बताउँदै आएका छन् ।

आजको बैठकमा पनि ओली पक्षका नेताहरुले स्थायी कमिटी बैठकको निर्णयकै आधारमा समाधान खोजिने बताएका छन् भने प्रचण्ड पक्षका नेताहरुले अब अवस्था धेरै परसम्म पुगिसकेको बताएका छन् ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar