ओलीलाई प्रचण्डको प्रश्न : ‘कार्यकारी अध्यक्ष दिएपछि गरेर देखाउनुपर्‍यो भन्ने, फेरि १ नम्बर पनि मै, कार्यकारी पनि मै भन्ने ?’


काठमाण्डौ: नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले २५ कात्तिकमा लेखेको पत्रको जवाफ शुक्रबार फर्काएका छन् ।  । जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई दुई अध्यक्षबीच कार्यविभाजनको सन्दर्भमा जहिले पनि हलो अड्काएर गोरु चुट्ने नीति अख्तियार गरेको भनेका छन् ।  त्यस्तै उनले पार्टी एकताको बेला समान हैसियता, अध्यक्षता र आलोपालो सरकारसमेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको आफ्नो निष्ठाका कारण छाड्दै गएको तर आफ्नो त्यागलाई अपमान गरेको जनाएका छन् ।

‘मैले तपाईंसँग छलफलमा होस् वा कमिटीका बैठकमा सधैं नै खुल्ला र पारदर्शी वैचारिक, राजनैतिक र सांगठनिक छलफलको आग्रह गर्दै आएको छु । यस सन्दर्भमा तपाईंको यो लामो पत्रले अब पार्टीमा स्पष्ट र खुल्ला वैचारिक छलफल हुनेछ र विधि संगत ढंगले लिइने पार्टीका निर्णयहरु सबैले मानेर जाने वातावरण बन्नेछ भन्ने आशा लिएको छु’, प्रचण्डले ओलीलाई फर्काएको जवाफमा भनिएको छ,‘मलाई गहिरो गरी लाग्ने गरेको छ कि आज पार्टीका अगाडि देखापरेका समस्याहरुको प्रमुख र चुरो कारण वैचारिक–राजनैतिक विषयमा खुल्ला र स्पष्ट छलफलको अभाव, कमिटीहरुको नियमित बैठक र सामुहिक निर्णय एवम् व्यक्तिगत जिम्मेवारीको वैज्ञानिक मान्यताबाट विचलित हुनु हो ।’

यो पनि नेकपा सचिवालय बैठकमा प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन: केपी ओली पार्टीको संगठनात्मक सिद्धान्त र विधि–पद्धति अनुसार चल्नु पर्छ:ओलीको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको छ’
‘अब म पत्रमा उठाइएका कतिपय विषयहरुमा संक्षिप्त टिप्पणी मात्र गर्न चाहन्छु । किनकी तपाईंले उठाएका कयौं विचार, राजनीति, संगठन र आचरण सम्बन्धी विषयबारे मैले सचिवालयमा अलग प्रस्ताव नै पेश गर्दैछु । सो प्रस्तावमा हुने बहस–छलफलले पार्टीलाई नयाँ आधारमा नयाँ एकता कायम गर्न मद्दत पुग्ने विश्वास पनि लिएको छु । समग्र पत्रको अध्ययन गर्दा र त्यसमा अभिव्यक्त मत, भावना र आशय हेर्दा मैले दुःखका साथ भन्नुपर्दछ कि यो चिप्ला र गुलिया शब्दजाल भित्र प्रस्तुत गरिएको झुटको पुलिन्दा हो । अनुभूतिको तहमा मैले यसलाई “विष कुम्भम् पयो मुखम्” का रुपमा महशुस गरेँ’प्रचण्डले भनेका छन् ।

उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री जस्तो गहन जिम्मेवारीमा रहेका ओलीले तथ्यहरुको यतिधेरै तोडमरोड र यति तल उत्रिएर झुटको खेती गर्न सक्नुहुँदो रहेछ भन्ने कुराले आफुलाई निकै आश्चर्य चकित र चिन्तित तुल्याएको पनि जनाएका छन् ।

‘हजारौँतर्क भन्दा एउटै तथ्य शक्तिशाली हुन्छ कमरेड । म तपाईलाई गम्भीरतापूर्वक चुनौतिदिन चाहन्छु मैले कहाँ र कहिले मन्त्रीमण्डलको पुनर्गठनको सन्दर्भमा उपप्रधानमन्त्री कमरेड ईश्वर पोख्रेल र गृहमन्त्री कमरेड रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ ?,’ प्रचण्डको प्रश्न छ ।

‘एकातिर तपाईं कार्यकारी अध्यक्ष दिइसकेपछि गरेर देखाउनु प-यो भन्नुहुन्छ, अर्कोतिर १ नम्बर पनि मै हो, कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै पनि काम आफ्नो सहमति बिना हुन नसक्ने कुराको अड्डी लिनुहुन्छ । यसलाई हलो हड्काउने र गोरु चुट्ने काम बाहेक अरु के बुझ्ने कमरेड ? छ राजदूत नियुक्तिका सन्दर्भमा हाम्रोबीचमा छलफल अवश्य भएको हो तर सबै कुरा मिलेको पनि होइन । त्यो भन्दा पनि मुख्य कुरा राजदूत नियुक्ति गर्नु अघि स्थायी समितिको मर्म र भावना अनुसार एकपटक सचिवालयमा परामर्श, छलफल गरेर मात्र निर्णय गर्नुपर्दछ भन्ने मेरो भनाइमा कमरेडले ‘हुन्छ’ भनेर सहमति पनि जनाउनुभयो । तर, म बालुवाटाबाट निस्किएपछि त्यसै दिनको क्याविनेटबाट मलाई पनि थाहा नदिईकन राजदूत नियुक्ति गर्नुभयो’प्रचण्डले असन्तुष्टि जनाउदै भनेका छन्,‘अहिले पत्रमा सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ? एउटा कार्यकारी अध्यक्षले वरिष्ठ नेताहरु एवम् सचिवालयका सदस्यहरुसँग गरेको भेटघाट र सरसल्लाहलाई तपाईं गुटबन्दी ठान्नुहुन्छ । तपाईंले प्रतिष्ठानका नामबाट हुने गुटबन्दीजन्य क्रियाकलाप तत्काल रोक्नेर सचिवालयमा सल्लाह गरेर तिनका बारेमा उपयुक्त निर्णय लिने भन्ने स्थायी समितिको निर्देशन विपरित तपाई समेतको निर्देशनमा कहिँ जिल्लास्तरीय, कहिँ प्रदेशस्तरीय भेला गरी प्रतिष्ठानका स्थानीय क्रियाकलाप अझ बढाउने र जबजका पक्षमा व्यापक अभियान चलाउन दिएको निर्देशन के हो नि कमरेड ? अनि बालुवाटारमा विभिन्न प्रदेश र जिल्लाबाट बोलाएर रातिराति गरिने भेला बैठकहरु गुटबन्दी होइनन्र ? अर्काको आङ्गको जुम्रा देख्ने र आफ्नो आङ्गको भैसी पनि नदेख्ने भनेको यहि होइन र ?’प्रचण्डको जवाफमा उल्लेख छ ।

‘पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा पनि आइरहन्छ, यो के हो कमरेड ? यो फेरि अर्को अध्यादेश ल्याएर पार्टी फुटाउने कुरा हो कि ? संकटकाल लगाएर जान्छु भन्ने हो कि ? यो कस्तो व्याख्या हो । पार्टी एकताको रक्षा हुनुपर्दछ भन्ने कुरामा म आज पनि उत्तिकै दृढ छु । मैले खुला र स्पष्ट वैचारिक, राजनैतिक छलफलको तपाईंको प्रस्तावलाई स्वागत गर्नुको अर्थ पार्टी एकतालाई सदृढ गर्ने नयाँ आधारको खोजी गर्नु नै हो । आवेगमा आएर पार्टी एकता, संविधान र परिवर्तनको प्रक्रियालाई अवरुद्ध गर्ने कुनै काम तपाईंबाट हुनेछैन भन्ने आशा र विश्वास व्यक्त गर्दछु’प्रचण्डले भनेका छन् ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar