चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहे र गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’ विच कुहिनो जोडे


चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहे आइतबार बिहान पौने ११ बजेतिर चार्टर्ड जहाजमा त्रिभुवन विमानस्थलमा ओर्लिए। 

२१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका फेङहेलाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’,  रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत उपस्थित थिए। 

फेङहेको स्वागतमा  गृहमन्त्री थापाले पुष्पगुच्छा दिए। कोरोनाभाइरस आउनुअघि स्वागत गर्दा हात मिलाउने चलन हुन्थ्यो। हात मिलाउन नमिल्ने भएपछि चिनियाँ रक्षामन्त्री फेङहे र गृहमन्त्री थापाले कुहिनो मिलाए। 

यसरी अभिवादनमा कुहिनो मिलाउने चलन कोरोनाभाइरस आएपछि सुरू भएको हो। हातमा कोरोनाभाइरसका जीवाणु हुन सक्ने भन्दै  एउटाको हातमा जीवाणु भए अर्कोमा नसरून् भनेर संसारका अरू नेताहरूले पनि यही शैलीलाई अपनाएको देखिन्छ। 

गृहमन्त्री थापालगायत उच्च अधिकारीले स्वागत गरेपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ रक्षामन्त्री फेङहेले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारे। 

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए।

‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’ कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने। 

रक्षामन्त्री फेङहेले  राष्ट्रपति विद्यादेवी भण्डारी  र  रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनी आजै साँझ स्वदेश फर्कने छन्। 

तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar