विभाजित कम्युनिस्ट आन्दोलनलाई जनताको सहयोगमा एकतावद्ध गर्नेछौं -गृहमन्त्री राम वहादुर थापा मगर(बादल)


काठमाण्डौ– गृहमन्त्री राम वहादुर थापा मगर(बादल)ले राष्ट्रियताको पक्षम निरन्तर लाग्ने प्रतिवद्धता जनाएका छन् । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बैठकमा सहभागी भएका थापाले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णय क्रान्तिकारी निर्णय भएको बताउँदै आफु राष्ट्रियताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले बैठकलाई सम्बोधन गर्दै संसद विघटन हुनु अग्रगामी र क्रान्तिकारी कदम भएको बताए । ‘संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम थियो । विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो । निर्वाचन हुनु अग्रगमन हो । हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’ उनले भने, ‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ । यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, ‘केही साथीहरु संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन् । यो स्यालको हुइयाँ हो । हामीले यसलाई चिर्नु छ ।’

स्थिरता र स्थायित्व प्रदान गर्न जनताका बिचमा गएर दुई तिहाइ ल्याउने वाचा गर्न जरूरी रहेको उनले बताए । ‘निर्वाचनबाट प्रतिगामी शक्तिलाई परास्त गरेरमात्रै जनताले विभाजित कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछ, हामिलाई एकताबद्ध गर्ने जिम्मेवारी हामीले पूरा गर्न सकेनौ अब जनतालाई दिएका छौं । यो अभियान हो । यसले मात्र कम्युनिस्ट एकता गर्न सकिन्छ,’ उनले भने ।

उनले चुनावबाट एकता गरेका गरेकाले फेरि पनि जनतामा गएर यो बिभाजित आन्दोलनलाई एकता गर्न सब्ने भन्दै फुटवादीहरुलाई जबाफ दिन नग्याउन जनतामा जानुपर्ने उनको भनाई थियो ।  गृहमन्त्री थापाले पार्टी नफुटाउन पटक पटक आग्रह गरेको भए पनि प्रचण्ड र माधव नेपालले नसुनेको बताए ।

उनले प्रचण्ड नेपालले पार्टी फुटाउने कसम नै खाएको समेत उल्लेख गरे । ‘पार्टीलाई बिभाजन गर्नेहरुका अगाडी गएर अनुनय विनय ग¥यौ, तर पनि बिभाजनकारिले मानेन । नेतृत्व सिध्याउन हत्याउन पार्टीलाई फुटाउने कसम खानु भएको थियो,’ उनले भने, ‘उहाँहरुले सरकारलाई अपदस्त गर्ने सपथ ग्रहण गर्नु भएको थियो, त्यो अभिष्ट अस्ति पार्टी प्यालेसमा पूरा भयो ।’
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar