धरान-१५ आगलागी : आमाछोरीको आगोमा जलेर मृत्यु


धरान । धरान–१५ मा रहेको स्वीमिङ पुल पछाडि रहेको नरबहादुर श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान भएको आगलागीमा परी नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय बोल्न नसक्ने सीता श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागी हुनुको मुख्य कारण अझै खुल्न नसके पनि स्थानीयका अनुसार ग्यास लिक भएर आगलागी भएको भन्ने अनुमान गरिएको छ । आगलागी हुदा बोल्न नसक्ने छोरी लिन भित्र जाँदा आमा छोरी दुबैजना आगोमा जलेको स्थानीयबासीहरुले बताएका छन् ।

एक तला गाह्रो लगाएको र अर्काे तला काठले बनेको दुईतले घर जलेर पूर्णरुपमा नष्ट भएको छ । मृतक दुवै जनाको शव घरको तलामाथि जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
यो पनि पढौ:तातोपानीबाट चालू वर्षको राजश्व रु एक अर्ब २७ करोड २६ लाख सङ्कलन
प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा लकडाउन मोडालिटीबारे छलफल गर्ने

रुकुम पश्चिम चौरजहारी घटना दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता:- गृहमन्त्री रामबहादुर थापा मगर’वादल’
एकल भाषाको विरोध,मातृभाषाको प्रयोग छाड्नु हुन्न किन ?

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar