नेकपा स्थायी समितीका १७ जनालद मागे प्रधानमन्त्रीको राजिनामा बचाउ गर्न कोही बोलेनन्


नेकपा स्थायी समिति बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

स्थायी समितिको मंगलबार बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १८ जनाले बोलेका थिए।बैठकमा बोल्नेमध्ये १७ जनाले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।

प्रधानमन्त्रीको राजीनामा माग्नेमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत छन्।स्थायी समिति सदस्यहरू वेदुराम भुषाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, गोकर्ण विष्ट र भीम आचार्यले पनि प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

बैठकमा बोल्ने सबैजसो नेताले प्रधानमन्त्रीको राजीनामा मागेको स्थायी समिति सदस्य गणेश शाहले मगरात नेपाललाइ जानकारी दिए।’कोही स्थायी समिति सदस्यले घुमाएर भने होलान्, कतिले सिधै भने होलान्, तर सबैको धारणा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने थियो,’ शाहले भने, ‘पार्टी सचिवालयका बहुमत सदस्यहरूले प्रधानमन्त्रीको राजीनामा मागेकाले नैतिकताका आधारमा उहाँले बाटो प्रशस्त गर्नुपर्छ भनेर मैले भनेको हुँ।’

मंगलबार बैठकमा प्रधानमन्त्री निकटका स्थायी समिति सदस्यहरू भने बोलेका थिएनन्।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना ३१६ जना,कुल संक्रमितको संख्या १३,५६४ जना पुग्यो भने कोरोना जित्ने ३,१९४ जना पुग्यो
प्रचण्ड,झलनाथ र वामदेवले प्रधानमन्त्री ओलीसंँग मागे जवाफ -भारतले हटाउन खोजेको भन्ने कुरो के हो?
प्रदर्शनमा जसपमा महन्थ ठाकुर,उपेन्द्र यादव र बाबुराम भट्टराइ लगायत नेताहरु उपस्थित
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar