पार्टी एकता जोगाउन संंघर्ष गरिरहेको छु: नेकपा अध्यक्ष पुर्वप्रधानमन्त्री प्रचण्ड


चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूकाे अवलोकन पश्चात माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।

कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उहाँको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं, उहाँले भन्नुभयाे ।

उहाँले भन्नुभयो, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।

उहाँले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री एकढिक्का हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’

यस क्षेत्रको जनप्रतिनिध समेत रहनुभएका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्जले माडीमा पु¥याएको असर, यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास सम्बन्धि आफ्नो ध्यान रहेको बताउनुभयो ।

अरु समान्य निर्वाचित सदस्यले जस्तो एक दुई वटा काम गरेर यस क्षेत्रबाट आफू फुत्केर जान सक्ने स्थानमा नभएकोले माडीको पूर्वाधार विकास हुनेमा विश्वस्त हुन उहाँले आग्रह गर्नुभयो ।

उहाँले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउने कुरामा सरकार र पार्टीमा छलफल भइरहेको बताउनुभयो । अध्यक्षले आकाशे पुलको अध्ययन र डिपिआरका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी पनि दिनुभयो ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना ७० जना,कुल संक्रमितको संख्या १६,७१९ जना पुग्यो, थप मृत्यु ३ जना, मृत्युको संख्या३८ जना पुग्यो
प्राकृतिक प्रकोप वाढी पहिरोले दुर्घटना भएको आ- आफ्नो भूगोलमा पिडितहरुलाई सकेको सहयोग गर्न र उद्धारमा सहभागी भएर मानवीय योग्दान दिन विशेष अपिल: अध्यक्ष नविन रोका मगर
नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar