माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले कामलाई परिणाममुखी बनाउन प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रमुखलाइ कडानिर्देशन


काठमाडौँ — माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराहख्न सम्बद्ध अधिकारीलाई निर्देशन दिए । ‘राष्ट्र र जनताप्रति निष्ठावान हुने छौँ’ भनेर सम्झौतापत्रमा हस्ताक्षर गरी दृढ प्रतिबद्धता जाहेर गरेकामा धन्यवाद दिँदै गृहमन्त्री थापाले राष्ट्रको विकास, समृद्धि र सुरक्षाको मुख्य जिम्मेवारी सार्वजनिक निकायको हो भने ।

विश्वमा समृद्धिको उचाइ छुने मुलुकको अध्ययन गर्दा पनि मुलुकको समृद्धिका लागि सार्वजनिक प्रशासनको मुख्य हात रहेको उनले बताए । ‘सार्वजनिक प्रशासन राष्ट्र र जनताप्रति प्रतिबद्ध भए मात्रै मुलुकले प्रगति गर्नसक्छ, जनतालाई सुरक्षा दिन सक्छ र त्यही मुलुकमा मात्रै राष्ट्रिय अखण्डता स्वाधीनता र नागरिकको सुरक्षा प्रबल छ’, गृहमन्त्री थापाले भने, ‘समृद्धि हासिल गर्न पनि त्यसले ठूलो भूमिका खेल्छ ।’

उनले सम्झौताप्रति हस्ताक्षर गर्नु भनेको राष्ट्रको विकास, समृद्धि, नागरिकको सुरक्षा तथा सेवा प्रवाहमा निष्ठावान र प्रतिबद्धताको शपथ ग्रहण हो भने । मन्त्री थापाले अझै पनि प्रशासनिक संयन्त्रलाई सक्षम र सबल बनाउन जरुरी रहेको औँल्याए ।

माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले कामलाई परिणाममुखी बनाउन प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’को उपस्थितिमा गृहसचिव महेश्वर न्यौपानेसँग विभिन्न सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका महाशाखाका प्रमुख, कारागार तथा अध्यागमन विभागका प्रमुखले कार्य सम्पादन सम्झौता गरेका थिए ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:उपराष्ट्रपती पुनले दिए बकर इदको शुभकामना! राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, कोरोना भाइरस, प्राकृतिक प्रकोपविरुद्ध लड्न,एकताबद्ध हुन प्रेरित गर्ने विश्वास
भ्रम नछरियोस्,मैले अध्यक्ष कमरेड ‘प्रचण्ड’को आलोचना गरेको छैन, त्यो दूराशययुक्त समाचार हो।’ भिम रावल
युवाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन? यसबाट बच्न के गर्नुपर्छ? चेतनामुलक कार्यक्रमबारे महत्त्वपूर्ण सूचना
स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न,प्रधानमन्त्री ओलीले वैठक विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष
भ्रम नछरियोस्,मैले अध्यक्ष कमरेड ‘प्रचण्ड’को आलोचना गरेको छैन, त्यो दूराशययुक्त समाचार हो।’ भिम रावल



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar