बाढी पहिरो प्रभावित नागरिकको हिउँदसम्ममा व्यवस्थापन गरिसक्छौ: गृहमन्त्री रामवहादुर थापा मगर(वादल)


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’ले बाढी पहिरो प्रभावित नागरिकको हिउँदसम्ममा व्यवस्थापन गरिसक्ने बताएका छन् ।

अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोट लगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उनले बताए । उनले भने, ‘चिसो बढ्दै जाने समय छ। हिउँद सुरु हुन्छ । अहिले बाढी पहिरो प्रभावितहरु पालमा बसेका छन्। चिसोमा त्यसले धान्दैन। यसका लागि तत्काल चाल्नु पर्ने कदम चाल्छौँ। सकेसम्म न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्छौँ। हिउँदमा चिसोले मानवीय क्षति नहोस् भनेर हामीले ध्यान दिएका छौँ।’जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३ सय ५१ बस्ती जोखिममा रहेको बताए। यो वर्ष मानवीय र भौतिक क्षति भएकासमेत गरी ३ सय ५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उनले बताए।

जिल्लाका १८ वटा बस्तीहरु अति जोखिममा रहेकाले आगामी वर्षको बर्खा सुरु हुनुअघि नै सार्नुपर्ने अवस्था रहेको उनले बताए। यो वर्षको असार २४ गतेबाट भदौ २७ सम्म १ सय १३ जना गरी विगत पाँच वर्षमा सिन्धुपाल्चोकमा प्राकृतिक विपदबाट ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ।

१७ सय ७० जना घाइते भएका छन् भने ५५ करोड ८२ लाख बढीको आर्थिक क्षति भएको छ। गत असार २४ गते बाह्रबिसे नगरपालिका ५ जबमु र खागदमा गएको पहिरोमा परी २१ जना, साउन २० गते जुगल २ लिदीमा गएको पहिरोमा परी ३९ जना र बाह्रबिसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको मृत्यु भएको थियो।यो वर्ष देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रदेश नं. ५ : नामाकरण लुम्बिनी होइन मगरात नामाकरण गर:नेपाल मगर संघ
प्रदेश ५ : नाम लुम्बिनीको चौथर्फी विरोध, ५ प्रदेशको नामाकरण मगरात गर्न संयुक्त प्रेस बिज्ञप्ति
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी
कांग्रेसकाे नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे जनजाति संयाेकजमा पुन र श्रम तथा राेजगारी संयाेजकमा पहराईलाई नियुक्त
संविधान दिवसमा अध्यक्ष प्रचण्डको प्रतिवद्धता:देशको जनताको अपेक्षाअनुसार विकास परियोजना :पार्टी एकता नयाशिरावाट अघिवढ्नेछन्
५ नम्बर प्रदेश मगरात प्रदेश सहितको नामकरणको सहयोग गर्न नेपाल मगर संघको सबैमा अनुरोध:


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar