प्रदेश नं. ५ को मगरात सहितको स्वायत्त प्रदेस नामाकरण नगरिए मगरातको निम्ती वन्दुक लिएर लड्नेछौं:अन्तर्रास्ट्रिय मगर महासंघ: अध्यक्ष नविन रोका मगर


प्रदेश न ५ को नाम लुम्बिनी नगरेर मगरात स्वायत्त प्रदेस नामाकरण गर ।
वुटवल :नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष,अन्तर्रास्ट्रिय मगर महासंघ (International Magar Federation) को अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष एवं प्रबक्ता नविन रोका मगरले खबरदारी दिदै भन्नुभयो प्रदेश नं. ५ को मगरात सहितको स्वायत्त प्रदेस नामाकरण नगरिए मगरातको निम्ती वन्दुक लिएर लड्ने उद्घोष गर्नुभएको छ। नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष,अन्तर्रास्ट्रिय मगर महासंघ (International Magar Federation) को अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष एवं प्रबक्ता नविन रोका मगरज्युको नेत्रित्वमा साङ्केतिक बिरोध कार्यक्रम आज प्रदेश ५ को सम्सद भवन अगाडी प्रदेश न ५ को नाम लुम्बिनी नगरेर मगरात स्वायत्त प्रदेस नामाकरण गर भन्ने नाराका साथ उस्थित हुनुभएको छ । मानव अधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय दस्ताबेजहरू, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी महान दश बर्षे जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, दलित आन्दोलन, विभिन्न पहिचान जनित आन्दोलनहरु र सरकारबीच भएको बिगतको सहमति/सम्झौता, दलहरूले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धताहरू र नेपालको संविधानको भावना एवम् संघीयताको मूल मर्म र सिद्धान्त वमोजिम प्रदेश नं. ५ को नामाङ्कन मानव सभ्यताले विकास गरेको ऐतिहासिक भूगोल/थाकथलोलाई सम्बोधन हुने गरी मगरात नामाकरण हो। मगरात सहितको नामाकरण गर्न सरकारलाइ आव्हान गर्नुभएको छ।

साङ्केतिक बिरोध कार्यक्रममा अध्यक्ष नविन रोका मगरले भन्नुभयो नेपाल वहुजाती ,बहुभाषिक ,बहुसाँस्कृतिक देश ,यो कुनै जाति एक नेपालीको मात्र होइन ,सम्पर्ण आदिवासी जनजाती सवै नेपालिहरु साझा देश हो,मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।”५ नम्बर प्रदेशको नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पुर्ण मगरहरु ,सबै पार्टी मोर्चामा गोलवन्द सहित पहल र अाव्हान गर्नुभएको छ।संयुक्त मगर मञ्च नेपालले प्रदेश नं. ५ को नाम मगरात सहितको राख्न माग गर्नुभएको छ।सोमवार साङ्केतिक बिरोध कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समिती, संयुक्त मगर मञ्च नेपाल र मगरात संघर्ष समितीको उपस्थित सहित माग गरेको हो ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रदेश नं.५ लाई लुम्बिनी प्रस्ताव विरूद्ध महासंघको प्रेस विज्ञप्ति,मगरात सहितको नामाकरणको माग
बाढी पहिरो प्रभावित नागरिकको हिउँदसम्ममा व्यवस्थापन गरिसक्छौ: गृहमन्त्री रामवहादुर थापा मगर(वादल)
प्रदेश नं. ५ : नामाकरण लुम्बिनी होइन मगरात नामाकरण गर:नेपाल मगर संघ
प्रदेश ५ : नाम लुम्बिनीको चौथर्फी विरोध, ५ प्रदेशको नामाकरण मगरात गर्न संयुक्त प्रेस बिज्ञप्ति
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar