गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता


काठमाडौं- गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र इयुका राष्ट्रहरुबीचको द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले इयुको नेपालका लागि राजदूतको रुपमा नियुक्त भएकोमा राजदूत देप्रेजलाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इयू सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे।

उनले पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन समेत राजदूत देप्रेजसँग आग्रह गरे।

गृहमन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवअधिकार र विपद् व्यवस्थापनलागयतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगका लागि राजदूतमार्फत् धन्यवाद व्यक्तगर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

भेटमा राजदूत देप्रेजले नेपाल र इयुका राष्ट्रहरुबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेल्ने बताए। 

उनले नेपाललाई इयुले दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गररहेको तथा छिट्टै निष्कर्षमा पुग्ने आश्वासन राजदूत देप्रेजले दिए।    

भेटमा उनले नेपालको संघियताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालेका कदमका सम्बन्धमा गृहमन्त्री थापासँग जिज्ञासा राखेका थिए।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar