२१ बाम पार्टीहरु र संगठनहरुद्धारा सरकारका राष्ट्रघाती र जनविरोध गतिविधिका विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन


नेपालका २१ बाम  पार्टीहरु र संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध गतिविधिका विरुद्ध आज काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका छन । अपरान्ह १ बजेदेखि शुरु भएको प्रदर्शनमा २१ दलका ५÷५ जनाका दरले जम्मा १०५ जनाको उपस्थिति थियो । १ घण्टासम्म एमसीसी खारेज गर्न माग गर्दै नाराबाजी भएको थियो । सहभागीहरुले सरकारबाट भइरहेका भ्रष्टाचारजन्य गतिविधिहरुका साथै राष्ट्रघातका सवालमा समेत खबरदारी गर्दै नाराबाजी गरेका थिए। 
एमसीसीको खारेजीका साथै नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध पनि गरेका थिए । साथै कोभिड–१९ मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराध नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग पनि विरोध प्रदर्शनमा गरिएको थियो । 
प्रदर्शनमा राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयमा कार्यगत एकता गर्दै आएका पार्टीहरु र संगठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्र्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारावादी कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेपाल, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) रहेका थिए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar